एभिसी सेन्ट्रल जोन : नेपाल र कीर्तिस्तान भिड्दै
नुवाकोट, एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा नेपालले आज (सोमबार) बलियो टोली कीर्गिस्तानसंग प्रतिस्पर्धा गर्दैछ ।
फाईनल पुग्ने लक्ष्य लिएको घरेलु टोली नेपालले प्रतियोगिताको पहिलो खेलमै कठिन प्रतिद्वन्दीको सामना गर्न लागेको हो ।खेल ललितपुरको लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा हुनेछ । खेल अपरान्ह ४ बजेपछि सुरु हुने आयोजक नेपाल भलिबल संघले जनाएको छ । घरेलु मैदान र समर्थकको साथ सहित नेपाली टिम प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा हुनेछ । कीर्तिस्तानलाई हराउँदै एक खेल अगावै प्रतियोगिताको सेमिफाईनल पुग्ने अवसर समेत नेपाललाई छ ।
तीन देशमात्र रहेको समुह एमा एक जितले मात्र टोली सेमिफाईनल प्रवेश गर्न सक्ने सम्भावना छ । समुह एमा नेपाल, कीर्तिस्तान सहित माल्दिभ्स समेत रहेको छ । तर, प्रतियोगिता अघि दुई मैत्रीपूर्ण खेलमा जित निकालेको नेपाली टिमले कमजोरीमा उल्लेख्य सुधार गर्नुपर्नेछ । नेपालले प्रतियोगिता अघि अफगानिस्तानसँगको दुई मैत्रीपूर्ण खेलमा जित हासिल गरेको थियो । पहिलो खेलमा प्रशिक्षक हान एविङको परिक्षा रिसिभ र ब्लकमा हुनेछ । दुवैमा सुधार आएको दाबी गरेपनि अफगानिस्तानविरुद्व नेपालको सोही समस्या दोहरिएको थियो ।
अफगानिस्तानविरुद्वको खेलमा चोट बोकेका कप्तान इम बहादुर राना र धनबहादुर भट्ट टिममा फर्कने छन् । यस्तै उद्घाटन खेलअघि समूह ’बी’ मा रहेका तुर्किमिनिस्तान र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् । खेल बिहान १० बजे सुरु हुनेछ ।समुह बीमा भने तुर्किमिनिस्तान सहित बंगलादेश,उज्वेकिस्तान र अफगानिस्तान रहेका छन्
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया