माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजना सम्मानित
नुवाकोट, रसुवामा बाँध र नुवाकोटमा उत्पादन गृह रहेको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको कार्यालय सम्मानित भएको छ ।
विभिन्न बाधा एंव अवरोध पार गर्दै विद्युत उत्पादन गर्न सफल भएको सुखद अवसरसगै नेपाल विद्युत प्राधिकरणको १५औ बार्षिकोत्सव अवसरमा आयोजनाको कार्यालयलाई सम्मान गरिएको हो । प्राधिकरणको बार्षिकोत्सवको अवसरमा काठमाडौमा आयोजित विशेष कार्यक्रममा उर्जा, जलश्रोत तथा सिचाई मन्त्री, वर्षमान पुन अनन्त, मन्त्रालयको सचिव दिनेशकुमार घिमिरे र कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनामा आबद्ध सम्पूर्ण कर्मचारीहरुको तर्फबाट आयोजना प्रमुख फणिन्द्र जोशीलाई सम्मान गरिएको हो ।
निकै महत्वपूर्ण मानिएको यस आयोजनाले विभिन्न प्राकृतिक प्रकोप अन्तरगत विनासकारी भूकम्प, भारतीय नाकाबन्दी, बार्खाको समयमा जाने बाढी पहिरो तथा क्षमता बृद्धि र विद्युत उत्पादन गृह भूमिगत बनाउने कि खुला भन्ने लगायतका विवादका बीच पनि थप अन्तरगतको तोकिएको समयमा कार्य सम्पन्न गर्न सफल भएको भन्दै नेपाल विद्युत प्राधिकरणले सम्मान गरेको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया