जनैपुर्णिमाको अवसरमा एकलाख भन्दा बढी भेटि संकलन
रसुवा, जनै पुर्णिमा मेलाको भेटी एक लाख ३४ हजार ३ सय ६५ रुपैया संकलन भएको छ ।
गोसाईकुण्ड क्षेत्र विकास समिति रसुवाका अध्यक्ष सन्चिव डिएमका अनुसार साउन २० गते नागपन्चमी देखि ३० गते जनैपुर्णिमा सम्म गोसाईकुण्ड तीर्थ आएका ९ हजार एक सय ९१ जना तिर्थालुहरुले चढाएको भेटी यति सङकलन भएको बताए । रसुवा, नुवाकोट र सिन्धुपाल्चोक भएर गएका तिर्थ यात्रुहरुले भगवान शिवलाई आफ्नो मोक्ष प्राप्तीका लागी मनोकामना पुरा गर्न चढाएको भेटी पक्कै पनि क्षेत्र विकास समितिले धार्मिक क्षेत्रमा लगाउने छ भन्ने विश्वास लिएका छन ।
गो भनेको ठाउँ साई भनेको ताल भन्ने बुझिन्छ महादेवले समेत स्नान गरेको यस पवित्रकुण्ड १ सय आठ कुण्ड लगायत अमर सिंह गुफा लागएत ऐतिहासिक भौगोलिक धार्मिक तथा प्राकृतिक महत्व ले धनि रहेको छ । जनैपुर्णिमामा तिर्थ यात्रीहरुको भीड लागी गोसाईकुण्ड स्नान गरी महादेवको दर्शन गर्नाले पितृ तर्नुको साथै पुण्य मिल्ने किंवदन्ती रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया