पन्चकन्या गाउँपालिकाको केन्द्र विवाद बल्झियो, तोकिएकै स्थानमा केन्द्र राख्न कांग्रेसको माग
नुवाकोट, नुवाकोटको पन्चकन्या गाउँपालिकाको केन्द्रको बिवाद पुन बल्झिएको छ ।
तत्कालीन राज्य पुनःसंरचना आयोगको निर्णय अनुसार साबिक भद्रुटार,कबिलाश र पन्चकन्या गाबिसको संगमस्थलमा गाउँपालिकाको केन्द्र राख्न तत्कालीन सरकारले राजपत्रमा कायम गरेको केन्द्र मोठ्बभञ्ज्याङ् तोकेकोमा स्थानीय निर्वाचन पश्चात् निर्वाचित जनप्रतिनिधिले बहुमतको आडमा अन्यत्र सार्न लागिएको भन्दै नेपालि कांग्रेस नुवाकोटले गाउँपालिका कार्यालय घेराउ गरी नसार्न दबाब दिएको छ ।
गाउँपालिकाको गाउँसभाले केन्द्र सार्ने निर्णय गर्न लागेको भन्दै नेपालि कांग्रेसले गाउँपालिकाका अध्यक्षलाई रमेश तामाङलाई ज्ञापन पत्र बुझाएको छ । निर्वाचन पश्चात् निर्वाचित जनप्रतिनिधिले बहुमतको आधारमा एक पटक निर्णय गर्न पाउने प्रावधान रहेकोमा सो प्राबधानको प्रयोग गरेर गाउँपालिकाको केन्द्र मोठ्भन्ज्याङ बाट लाकुरीभञ्ज्याङ् सारि कार्य संचालन समेत भएको थियो । तर हाल आएर गाउँपालिकाको केन्द्र दुबै ठाउँमा नराखि आफु अनुकुल हुनेगरी बहुसंख्यक जनतालाइ अपायक पर्ने गरि घलेभन्ज्याङमा केन्द्र राखी कार्य संचालन गरेको भन्दै नेपाली कांग्रेसले गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाएर कानुन अनुसार काम गर्न आग्रह गरेको हो ।
पन्चकन्या गाउँपालिकाको मोठभन्ज्याङमा निर्माण हुने गाउँपालिका केन्द्र सबैलाई पायक पर्ने भए पनि केही नेताको स्वार्थमा केन्द्र सार्न लागिएकाले ज्ञापन पत्र बुझाएको नेपाली कांग्रेस नुवाकोटले जनाएको छ । निर्वातिच जनप्रतिनिधिले जनभावनालाई विचार नगरी बहुमतको आधारमा निर्णय लिएको कांग्रेसको बताएको छ । जनप्रतिनिधिले जनताको भावना विपरीत गाउँपालिकाको केन्द्र सार्न लागेकाले आफूहरुले खबरदारी गरेको नेपालि कांग्रेस नुवाकोटका जिल्ला सदस्य तथा गाउँपालिका प्रतिनिधि उपेन्द्र कुइँकेलले बताए । कुइँकेलले जनताले जिताएर पठाएका जनप्रतिनिधिले जनभावना विपरीत केन्द्र सार्ने प्रयास गर्नु दुखद् भएको बताए । उनले तोकिएको स्थान बाहेक अन्यत्र सारे स्थानीयबासि सहित नेपाली कांग्रेसले आन्दोलनमा जाने चेतावनि दिए ।
ज्ञापनपत्र बुझाउन नेपालि कांग्रेस नुवाकोटका जिल्ला प्रतिनिधि उपेन्द्र कुइँकेल, जिल्ला सदस्यहरु बैकुण्ठ मिश्र , झपर यादव,पुर्व जिल्ला उपसभापति यम बहादुर थापा , महाधिवेशन प्रतिनिधि कृष्ण मिश्र , क्षेत्रीय सचिव मदन ढकाल , रामशरण श्रेष्ठ , माधब प्रसाद खनाल,पुरषोतम खड्का, गणेश सिटौला ,कन्चन पाठक लगायत नेता तथा कार्यकर्ता गाउँपालिका पुगेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया