नुवाकोट जिल्ला लिग : न्यु भिजन युवा क्लब सेमिफाईनल प्रवेश
विदुर खबर
२०७६ साउन २२ गते १९:००


फाईल फोटो
नुवाकोट, नुवाकोटमा जारी नुवाकोट जिल्ला लिग फुटवल प्रतियोगिताको सेमिफाईनलमा न्यु भिजन युवा क्लब प्रवेश गरेको छ ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा केहीवेरअघि सम्पन्न खेलमा कोलनी युथ सर्कललाई ३–० गोल अन्तरले पराजित गर्दे न्यु भिजन युवा क्लब सेमिफाईनलमा प्रवेश गरेको हो । न्यु भिजन युवा क्लबलाई विजयी गराउन समिर कार्कीले पहिलो हाफको १३ मिनेटमा गोल गरे भने थप दुई गोल रामकाजी कुमाल र अमिस वानियाको नाममा रह्यो ।
प्रतियोगिता अन्र्तगत अहिले दोस्रो क्वाटरफाईनल खेलमा तप्त युवा क्लब र जालपादेवि क्लब प्रतिष्पर्धा गरिरहेका छन ।
सम्बन्धित
प्रतिक्रिया