के हो ‘पपुलिज्म’? किन चम्कँदैछन ट्रम्प ?
खासमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, बेलायती लेबर पार्टीका नेता जेरेमि कोर्बिन र फिलिपिन्सका राष्ट्रपति रोद्रिगो डुतेर्ते बिचमा के कुरा चाहिँ उस्तै छ ? उनीहरूको फरकपनावीच हरेकलाई पपुलिस्ट भनिन्छ ।
युरोप र अमेरिकामा दक्षिणपन्थीमा पपुलिज्म बढ्दो क्रममा छ, जसकै कारण टम्प विजयी भए ।
युरोपमा पनि पपुलिज्मले निर्वाचनका पछिल्ला परिणामहरूमा असर गरेको छ । इटलीका पपुलिस्ट ‘फाइभ स्टार मोभमेन्ट’ र आप्रवासी विरोधी दलहरू मुख्य राजनीतिक शक्तिका रूपमा उदाउनु पपुलिज्मकै कारण हो ।
तर, पपुलर हुनु र पपुलिस्ट हुनुमा फरक छ ।
वास्तविक जनता
‘पपुलिज्म एक छोटो परिचय’ नामक पुस्तकका लेखक काश मुड्डेका अनुसार राजनीतिकशास्त्रमा पपुलिज्म भनेको एक विचार हो, जसले वास्तविक जनता र भ्रष्ट सभ्रान्तहरु वीचमा फरक छुट्याउँछ ।
पपुलिज्म भन्ने पदावलीलाई राजनीतिक खिसी गर्नलाई प्रायशः प्रयोग गरिन्छ । बेलायतका लेबर पार्टीका नेता जेरेमी कोर्बिनलाई पपुलिज्मको पछि लागेको भनिन्छ । उनको ‘थोरैका लागि हैन, धेरैका लागि’ भन्ने राजनीतिक नाराका आधारमा उनलाई यसो भनिएको हो । तर, पपुलिज्म भनेको यो मात्रै हैन ।
पपुलिज्म शब्द युरोपियन परिप्रेक्ष्यमा दुरुपयोग भएको तर्क गर्छन् ‘ग्लोबरल राइज अफ पपुलिज्म’का लेखक डाक्टर बेन्जामिन मोफफिट । उनका अनुसार वास्तविक पपुलिस्ट नेताले जनताको एकीकृत भावनाको प्रतिनिधित्व गर्ने दावा गर्छ । वर्तमान प्रणालीले बलियो बनाएका दुस्मनका विरुद्ध हुन्छ पपुलिस्ट नेता । बाढीलाई बढार्ने अथवा मध्यमार्गी सभ्रान्तलाई ‘ट्याकल’ गर्ने लक्ष हुन्छ पपुलिस्ट नेताको ।
‘पपुलिज्म भन्नासाथ युरोपमा चाहिँ दक्षिपन्थ भन्ने सोझो अर्थ लाग्छ । तर, यो नै फलामे नियम भने हैन’, डाक्टर मोफफिट भन्छन ।
बढ्दो पपुलिस्ट दक्षिणपन्थको उदय
राजनीतिक वृत्तमा पपुलिस्ट पार्टीहरू जताततै हुन सक्छन् । दक्षिण अमेरिकामा भेनेजुएलाका स्व. राष्ट्रपति हृयुगो चाबेज पपुलिस्ट थिए । स्पेनमा पोडेमोस र गि्रसमा सिरिञ्जा भन्ने पार्टीलाई पपुलिस्ट पार्टी भन्ने गरिन्छ । यी सबै वामपन्थी कित्तामा पर्छन्।
‘तर अहिलेका सबैभन्दा सफल पपुलिस्टहरु भने दक्षिणपन्थका छन् । दक्षिणपन्थमा पनि उग्र दक्षिणपन्थका छन’, प्रोफेसन मुड्डे भन्छन् ।
फ्रान्सकी मरिन ले पेन, हंगेरीका भिक्टर ओगार्न र अमेरिकाका डोनाल्ड ट्रम्पहरुले भने पपुलिज्मसँगै आप्रवासी विरोधी रास्ट्रवाद र तानाशाहवाद मिसाएका छन् ।
टाइम म्यागेजिनका टिप्पणीकारहरुदेखि युरोपियन कमिसनका सभापतिसम्मले केही वर्ष अगाडिदेखि दक्षिणपन्थको उदयका बारेमा सचेत गराउँदै आएका छन् ।
तर , यो कुनै नौलो कुरा भने हैन ।
‘राजनीतिशास्त्रीहरुले पछिल्ला २५-३० वर्षदेखि यो विषयमा बोल्दै आएका छन्’, डाक्टर मोफफिट स्वीकार्छन, ‘तर पछिल्लो समयमा भने पपुलिज्म झनै बढेर गएको छ ।’
युरोपमा बढ्दो बहुसांस्कृतिवाद र भूमल्डलीकरणका कारणले र थप केही जटिल संकटहरुले पपुलिस्ट पार्टीहरू जन्मेको विज्ञहरूले औँल्याउँदै आएका छन् ।
युरोपेली राजनीतिक अनुसन्धान संस्था इसीपीआरका निर्देशक मार्टिन बुल युरोपमा सन २००० बाटै पपुलिस्ट पार्टीहरू देखिएका बताउँछन् । तर, त्यस्ता पार्टीहरू धेरै वर्ष सम्म सानो आकारमा बसेको निर्देशक बुल बताँउछन् ।
सन् २००८ बाट बढेको पपुलिज्मको माहौल खास गरी सन २०११ मा भएको बैंकिङ संटदेखि कर्जा संकटसम्म पुगेर थप बलियो भएको उनी बताँउछन् ।
बैंकिङ कारोबार गर्ने संभ्रान्त वर्ग नै बहुसंख्यक जनताको संकटका लागि प्रत्यक्ष उत्तरदायी भएको भनिएको यो नै पहिलो परिघटना थियो ।
‘म नै जनता हुँ’ भन्ने अहम
ग्लोवल राइज अफ पपुलिज्मका लेखक डाक्टर मोफफिटको तर्क अनुसार पपुलिस्ट नेता हुन अन्य केही मौलिक गुणहरू पनि जोडिएर आउँछन् ।
जसमा एक गुण हो – गलत आचारण वा अन्य दलका नेताहरूसँग नमिल्ने आचारणहरु प्रस्तुत गर्नु । यो तरिका अमेरिकी राष्ट्रपति ट्रम्प र फिलिपिनो राष्ट्रपति डुतेर्तेले प्रस्तुत गर्छन् ।
दोस्रो गुण हो- संकटको अवस्था लम्बाइरहने र समाधान गर्न तयार भएको देखाइरहने ।
‘एकचोटि सत्तामा पुगेको पपुलिस्ट नेता सदैव जनतालाई उ सत्तापक्ष हैन भन्ने भान पार्न जोडबल गरिरहन्छ’, कोलम्बिया विश्वविद्यालयकी प्रोफेसर नदिआ उर्बिनती भन्छिन्, ‘आफू सत्ता पक्ष कहिल्यै हैन भन्ने उसकोजोडबल हुन्छ ।’
उनका अनुसार पपुलिस्ट विषयहरु नै नकरात्मकताले बनेका हुन्छन् । राजनीति विरोधी, वौद्धिकवाद विरोधी वा संभ्रान्त विरोधी ।
पपुलिज्मको बलियो पक्ष भनेकै यो बहुआयामिक हुन्छ ।
‘यो विलक्षणरूपमा शक्तिशाली हुन्छ, किनभने यो सबै अवस्थामा आफूलाई मिलाउन सक्छ ।’
प्रोफेसर बुलका अनुसार पपुलिस्ट नेताहरूमा भेटिने अर्को समानता के हो भने उनीहरू झन्झटिलो प्रजातान्त्रिक प्रणालीलाई मन पराउँदैनन् । बरु, सिधै जनमतसंग्रह जस्ता कुरामा प्राथामिता दिन्छन् ।
स्थापित मान्यताप्रति विश्वास नभएरै पपुलिस्ट नेताहरू तानाशाहवादतर्फ जाने आधार दिने प्रोफेसल बुल बताउँछन् । र, अन्ततः यस्ता नेताहरूले चलीआएको प्रजातान्त्रिक प्रणालीमा सम्भव नहुने निर्णयहरू गर्न पुग्ने बुल बताउँछन् ।
पपुलिस्ट नेताको यस्तो मानसिकतालाई भेनेजुएलाका स्वर्गीय राष्ट्रपतिको भनाइबाट बुझ्न सकिन्छ । हृयुगो चाभेज भन्थे, ‘म व्यक्ति हैन । म जनता हुँ ।’
‘यस्तै सोचले जनतामा यस्ता नेताहरू गलत छैनन् वा सत्ताच्युत हुँदैनन् भन्ने सोच निर्माण गराउन सक्छ’, डाक्टर मोफफिट भन्छन्, ‘यसले राजनीतिक क्षेत्रलाई नयाँ र डरलाग्दो रूपमा पुननिर्माण गर्न सक्छ ।’
अन्ततः यदि तपाई ‘जनतासँग’ हुनुहुन्न भने तपाई हाम्रो विरुद्ध हो ।
यही कारणले नै पपुलिस्ट नेताहरू शङ्काको नजरले हेरिन्छन् । अत्यन्तै बाचा गर्ने तर कम नतिजा दिने पपुलिस्ट नेताहरूलाई ‘इन्सल्ट’ गर्न नै पपुलिज्म भन्ने पदावली प्रायजसो प्रयोग हुन्छ ।
पपुलिज्मलाई प्रोफेसर बुल ‘गैरउत्तरदायी बोलपत्र’ भन्न रुचाउँछन् ।
‘जनमत तान्नलाई उनीहरू संस्थापन दलका नेताहरू भन्दा छिटा र धेरै परिवर्तनको बाचा गर्ने गर्छन् जुन सम्वभ नहुन पनि सक्छ’, बुल बताउँछन् ।
उनी थप्छन्, ‘लोकतन्त्रमा त्यो कति जायज भनेर प्रश्न गर्न सक्नुहुन्छ ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया