यमनको सैनिक परेडमा आक्रमण, कमाण्डरसहित ३२ को मृत्यु
यमनमा हुथी विद्रोहीले एक सैनिक परेडमाथि गरेको आक्रमण गर्दा ३२ जनाले ज्यान गुमाएको छ ।
हुथी विद्रोहीले चलाएको टेलिभिजन च्यानलले दक्षिणी तटीय सहर एडनमा भइरहेको परेडलाई लक्षित गरेर क्षेप्यास्त्र र एउटा ड्रोनले हमला गरेको जनाएको छ । सो घटनामा एक वरिष्ठ सैनिक कमाण्डर समेत मारिएको बताइको छ । एक प्रत्यक्षदर्शीका अनुसार एउटा सैनिक समूह एउटा शव नजिकै रोइरहेका थिए । जुन शव कमाण्डरको भएको ठानिएको छ ।
विद्रोहीले सहरको उत्तरतर्फ हुथीको पकड रहेको क्षेत्रमा आक्रमण गर्न सरकार समर्थित फौजले तयारी गरिरहेका बेला सो हमला भएको बताएको छ । तर सरकारले नयाँ भर्ना भएका सैनिकहरूको तालिम सम्पन्न भएको अवसरमा सो कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ । समाचार संस्था रोयटर्सले प्रत्यक्षदर्शीलाई उदृत गर्दै आक्रमणपछि मैदानमा शवहरू छरिएका र सैनिकहरू रोइरहेको देखिएको जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया