पैसाको भरमा नेता बनाउने प्रवृति अन्त्य गर्नुपर्छ : प्रवत्ता थापा
नुवाकोट, नेपाली कांग्रेस नुवाकोटका प्रवत्ता राजु थापाले पैसाको भरमा पार्टीको नेता बनाउने प्रवृतिको अन्त्य गर्नुपर्ने बताएका छन ।नेपाली कांग्रेस विदुर–काठमाण्डौ सम्पर्क समितिको गठन गर्न बुधबार काठमाण्डौको एक होटलमा आयोजना गरिएको कार्यक्रममा उनले सो कुरा बताएका हुन । भेलालाई सम्बोधन गर्दे थापाले पार्टी विधि र विधानमा रहेर चल्नुपर्ने तर अहिले पार्टीमा त्यस्तो अवस्था नरहेको बताए । थापाले पार्टी अनुशासन कायम नरहेसम्म राम्रो र योग्य कार्यकर्ताहरु पछाडि परिरहने र सुकिला मुकिलाले मात्र अवसर पाउने दाबी गरे । उनले राम्रा कार्यकर्ताहरुको मुल्याकङ गर्न पार्टीले निति नै बनाउनु पर्ने उल्ल्खे गरे ।
प्रवत्ता थापाले कांग्रेसको संगठनलाई मजबुत बनाउन अनुशासन समिति नै बनाउनुपर्ने बताए । फरक प्रसंगमा उनले वर्तमान अवस्थामा लोकतन्त्र नै असुरक्षित हँुदै गएको भन्दै सरकार तानाशाहा तर्फ उन्मुख भएकोले पुन ः लोकतन्त्रको रक्षाको लागि कांग्रेस नै एकजुट भएर लाग्नुपर्ने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया