एसीसी यू-१९ एसिया कप क्रिकेट सर्यो
नुवाकोट , नेपालसहित एसियाका टेष्ट राष्ट्रले प्रतिस्पर्धा गर्ने एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिता सरेको छ । श्रीलंकामा आयोजना हुने यू-१९ एसिया कप एक साता पछि सरेको हो ।
एसियन क्रिकेट काउन्सिल (एसीसी) का नेपाल प्रतिनिधि भावना घिमिरेले प्रतियोगिता एक साता पछि सरेको र नयाँ मिति तय भईसकेको जानकारी दिईन् । घिमिरेका अनुसार अब प्रतियोगिता सेप्टेम्बर ३ देखि १५ सम्म हुनेछ । खेल तालिका भने एसीसीले सार्वजनिक नगरेको घिमिरेले जानकारी गराईन् ।
प्रतियोगितामा नेपालसहित टेष्ट राष्ट्र तथा आयोजक श्रीलंका, साविकको विजेता भारत, बंगलादेश, अफगानिस्तान र पाकिस्तान रहेका छन् । यस्तै कुवेत र युएई गरि आठ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । नेपाल दुई साता अघि मलेसियामा सम्पन्न एसीसी यू–१९ इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको च्याम्पियन बन्दै एसिया कपमा छनोट भएको हो । यसअघि प्रतियोगिता २८ अगष्टबाट ८ सेप्टम्बरसम्म हुने तय भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया