स्तनमुनी खोपेको ट्याटुको तश्विर बाहिरिएपछि अभिनेत्री साम्राज्ञी फेरि विवादमा
विदुर खबर
२०७६ साउन ४ गते १८:४६


उनको प्रेम सम्बन्धको प्रशंगले पनि समय-समयमा फिल्मवृत राम्रै तताउने गरेको छ । मयंक खड्कासँग ब्रेकअप भएपछि उनी केही महिनायता धनाड्य प्रेमी देवाङ्कस राणाको प्रेममा रमाइरहेकी छन् । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा हुन् देवाङ्कस । साम्राज्ञी प्रेमीलाई लिएर सार्वजनिक कार्यक्रममा पनि निर्धक्क पुग्ने गरेकी छन् । गत वर्ष फिल्म ‘मारुनी’ को कार्यक्रममा दुईले पत्रकारसँग गरेको लुकामारी निकै चर्चित भएको थियो ।

भदौ १३ मा रिलिज हुने फिल्म ‘मारुनी’ र दशैं टार्गेट फिल्म ‘रातो टिका निधारमा’ को छायांकन सकेपछि केही दिनको ‘होलिडे ट्रिप’ का लागि अभिनेत्री साम्राज्ञी प्रेमी देवाङ्कससँग इन्डोनेशियाको बाली पुगेकी छन् । बालीको एक समुन्द्री किनार नजिक उनले रातो विकिनीमा खिचेका तश्विरहरु अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएका छन् । तश्विरलाई लिएर दर्शकबाट उनले ताली कम गाली ज्यादा पाइरहेकी छन् । तर, यसको उनलाई कुनै प्रवाह छैन ।

अभिनेत्री साम्राज्ञीलाई प्रेमीसँग मस्ती मुडमा देखिएको तश्विर पाच्य लागे पनि दर्शकलाई भने पचाउन गाह्रो भएको छ । भकाभक ट्रोलर्सको शिकारमा पर्दै गएकी उनको उक्त तश्विरले ठूलै विवादको रुप लिने छनक देखाएको छ । डेढ वर्षअघि स्तनमुनी खोपेको ट्याटुको तश्विर बाहिरिएपछि भएको विवादबाट बल्लतल्ल मुक्त भएकी उनलाई फेरि प्रेमीको अंगालोमा विकिनी अवतारमा रमाइरहेको तश्विरले विवादको झमेलामा फसाउने देखिन्छ । यसको प्रतिवाद उनले कसरी गर्लिन् ? धेरैलाई चासोको विषय बनेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया