मलेसियाविरुद्धको पहिलो टी-२० मा नेपाल ७ विकेटले विजयी
मलेसियासँगको २ खेलको टि-२० क्रिकेट शृंअलाअन्तर्गत पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको छ। नेपालको जितमा कप्तान पारस खड्का नायक बने।
पारसको अविजित ८६ रनको मद्दतमा नेपालले मलेसियाले दिएको १ सय २९ रनको लक्ष ९ बल अगावै भेट्टाएको हो। ५० बलको सामना गर्दा पारसले ८ चौका र ५ छक्का हिर्काए। निर्धारित २० ओभरको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले ९ विकेटको क्षतिमा १ सय २८ रनको योगफल तयार गरेको थियो। मलेसियाका लागि प्रारम्भिक ब्याट्सम्यान भिरनदीप सिंहले अर्धशतकीय पारी खेले। ४९ बलको सामना गरेका उनले ७ चौका र १ छक्काको मद्दतमा ५७ रन बनाए। कप्तान अहमद फैजले ४५ रन बनाएर सिंहलाई बलियो साथ दिएका थिए। यसबाहेक फित्री सामले १२ रन जोड्नुबाहेक मलेसियाका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। मलेसियाका ४ ब्याट्सम्यान शून्य रनमा पेवेलियन फर्किएका थिए। नेपालका करण केसीले ३, सन्दीप लामिछाने र वसन्त रेग्मीले सामान २/२ विकेट हात पारे। सोमपाल कामीले एक विकेट लिए।
क्वालालम्पुरको किनरारा एकेडमी ओभल मैदानमा लक्ष पछ्याएको नेपालको पनि सुरुवात राम्रो हुन सकेन। नेपालको स्कोर २९ रन रहँदा प्रदीप ऐरी ८ रन बनाउँदै पेवेलियन फर्किए। ज्ञानेन्द्र मल्ल (७ रन) र रोहित पौडेल (५) पनि लामो समय मैदानमा टिक्न सकेनन्। अन्तिमसम्मै कप्तान साथ दिएका शरद भेसवाकरले १६ रन जोडे। मलेसियाका अनवर रहमानले २ र फित्री सामले १ विकेट लिए। साउन ६ देखि सिंगापुरमा हुने टी-२० विश्वकप छनोट खेल्नुअघि नेपाल मैत्रिपूर्ण खेलका लागि मलेसिया पुगेको हो। नेपालले दोस्रो खेल आइतबार खेल्नेछ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया