बिहीबारदेखि अवरुद्ध पासाङल्हामु राजमार्ग खुल्यो
विदुर खबर
२०७६ असार २८ गते ७:३७

फाईल फोटो ।
रसुवा, बिहीबारदेखि अवरुद्ध पासाङल्हामु राजमार्ग सञ्चालनमा आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका इञ्चार्ज रामशरण कुमालका अनुसार गोसाइँकुण्ड गाउँपालिका ६ धुञ्चे नजिक ब्राबल भिरमा ट्रक बिग्रिँदा सडक अवरुद्ध बनेको हो ।
नुवाकोटको त्रिशूलीबाट आएको प्राविधिक टोलीले ट्रक मर्मत गरेपछि उक्त सडक सञ्चालनमा आएको हो । अहिले सयौँ सवारी साधन गन्तव्यतर्फ गुडेका छन् । वर्षायाममा सवारी साधनले क्षमताभन्दा बढी मालसामान बोक्दा सडक धस्सिने गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया