रितको शतकमा नेपालको शानदार जित

विदुर खबर २०७६ असार २० गते ९:००

नुवाकोट असार २०, एसियाली पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा शानदार ब्याटिङ गर्दै नेपाल समूह विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ।

Advertisement

मलेशियामा भर्खरै सम्पन्न खेलमा सिङ्गापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्‍यो। नेपाललाई जित दिलाउन प्रारम्भिक ब्याट्सम्यान रित गौतमको अविजित शतक र खड्ग बोहरा एवम् कुशल मल्लको ब्याटिङ महत्त्वपूर्ण रह्यो। कुशल मल्लले अल राउन्ड प्रदर्शन गर्दै चार विकेट लिए। विपक्षी टोलीका कुनै पनि खेलाडीहरूले भरपर्दो ब्याटिङ गर्न सकेनन्। थोरै रनमा समेटिने क्रममा सिङ्गापुर ३९.२ ओभरमा १ सय ९ रन बनाउँदा अल आउट भयो।

टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले कमजोर ठानिएको सिङ्गापुर विरुद्ध खुलेर खेल्यो। ५० ओभरमा ४ विकेट गुमाउँदै नेपालले ३२६ रनको विशाल योगफल तयार पारेको थियो। ओपनर रित गौतमले अविजित १ सय १५ रनको शतकिय पारी खेले। उनी जारी प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्। शतकीय पारी खेल्ने क्रममा गौतमले १० चौका र १ छक्का प्रहार गरेका थिए।खड्ग बोहरा र कुशल मल्लले अर्धशतक बनाए।

Advertisement

१९ वर्षको राष्ट्रिय टोलीबाट पहिलो पटक खेलेका खडक बोहराले ९० रन बनाए। कुशलले अविजित खेल्दै २३ बलमा ५१ रन जोडेका थिए। आक्रामक देखिएका उनले ४ चौका र ५ छक्का प्रहार गरेका थिए। जसमा अन्तिम ओभरमा मात्र ४ चौका र १ छक्का सामेल छ। ३२७ रनको लक्ष्य पछ्याउन आएको सिङ्गापुर नेपाली बलर सामु टिक्न सकेन। कानुसानु सतिथले सुरुवाती ओभरमा टोली सम्हाल्ने प्रयास गर्दै ५५ बलमा २४ रन बनाएका थिए। २० ओभरमा सिङ्गापुरको ६ विकेट पतन भइसकेको थियो। ब्याटिङमा जसरी बलिङमा पनि कुशल मल्लले राम्रो प्रदर्शन गर्दै २ विकेट लिए। नेपालले अव जुलाई ८ मा हुने सेमीफाइनलमा समूह बी को उपविजेता सँग खेल्नेछ। प्रतियोगिताको विजयी टोली सेप्टेम्बरमा हुने यूथ एसिया कपमा छनौट हुनेछ।

प्रतिक्रिया