कांग्रेसको गुट भेला नुवाकोट सभापतिको घरमा,देउवामाथि दबाब बढाउने रणनीति
विदुर खबर
२०७६ असार १८ गते ३:५५
नुवाकोट असार १८, नेपाली कांंग्रेसका संस्थापनईतर पक्षका नेताहरु पार्टी सभापति शेरबहादुर देउवाले विधानअनुसार गर्नुपर्ने कामहरु नगरेको भन्दै दबाब दिने रणनीति बनाउन जुटेका छन् ।
सोमबार साँझ नुवाकोट काँग्रेसका सभापति जगदीश्वरनरसिंह केसीको समाखुसीस्थित निवासमा भेला भएका नेताहरुले देउवामाथि दबाब बढाउने विषयमा छलफल गरेका हुन् । छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौला, नेत्री सुजाता कोइराला सहभागी थिए।
संस्थापनईतर मानिने शेखर कोइराला र रामशरण महत भने छलफलमा थिएनन् । महत अमेरिकामा र कोइराला विराटनगरमा रहेकाले अनुपस्थित रहेका जनाइएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया