आर्थिक अभावको कारण पुडासैनीको उपचार रोकिँदैन : पाण्डे

विदुर खबर २०७६ असार १६ गते १४:५९
पुडासैनीको स्वास्थ अबस्था बुुझ्दै प्रदेश ३ सांसद केशवराज पाण्डे,वडाअध्यक्ष राजु सडौला र अनेरास्वीयु नुवाकोटका अध्यक्ष दाहाल

नुवाकोट असार १६, मृगौला रोगको कारण अस्वस्थ भएका अनेरास्ववियु नुवाकोटका पुर्व अध्यक्ष केदार पुडासैनीको आर्थिक अभावको कारण उपचार नरोकिन प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य केशवराज पाण्डेले बताएका छन ।

सोमबार पुडासैनीको स्वास्थ्य अबस्था बुझ्दै पाण्डेले आर्थिक अवभावको कारण उपचार नरोकिने बताएका हुन । प्रदेशसभा सदस्य पाण्डेले पुडासैनीको उपचारमा कुनैपनि अभाव हुन नदिने भन्दै सबैलाई आर्थिक सहयोग गर्न आग्रह गरेको अनेरास्वीयु नुवाकोटका अध्यक्ष विष्णु दाहालले जानकारी दिए । त्यस्तै अस्वस्थ्य भएका पुडासैनीलाई भेट्न विदुर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष राजु सडौला समेत पुगेका थिए । वडाअध्यक्ष सडौलाले पुडासैनीलाई खर्च अभावको कारण उपचार नरोकिने बताए । यसैबीच पुडासैनीको उपचारको लागि भन्दै विदुर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष राजु सडौला र अनेरास्वीयु नुवाकोटका अध्यक्ष विष्णु दाहालले पुडासैनीलाई आर्थिक सहयोग गरेका छन । वडाअध्यक्ष सडौलाले १० हजार रुपैयाँ सहयोग गरेका हुन भने अनेरास्वीयु नुवाकोटका अध्यक्ष दाहालले ५हजार रुपैयाँ सहयोग गरेका हुन ।

Advertisement

बेलकोटगढी नगरपालिका वडा नम्बर ८ स्थायी घर भई दुबै मृगौला खराब भई आर्थिक अभावका कारण मृगौला प्रत्यारोपण गर्न नसकेका अनेरास्वीयु नुवाकोटका पुर्व अध्यक्ष केदार पुडासैनीको लागि अहिले आर्थिक संकलन भइरहेको छ । पुडासैनीलाई उनको श्रीमतिले मिर्गाैला दिन तयार रहेको भएपनि आर्थिक अभावको कारण प्रत्यारोपण हुन सकेको छैन ।

प्रतिक्रिया