पाकिस्तानी मुद्रामा ऐतिहासिक गिरावट
एजेन्सी ,पाकिस्तानको अर्थव्यवस्था हरेक दिन संकटमा फस्दै गइरहेको छ । अमेरिकी डलरको तुलनामा पाकिस्तानको रूपैयाँ बुधबार इन्टर बैंकिङ ट्रेडमा १६४ सम्म पुगेको छ । अर्कातर्फ खुला बजारमा पनि पाकिस्तानी रूपैयाँ १६० भन्दा बढी पुगेको छ ।
बुधबार पाकिस्तानी रूपैयाँ एक डलरको तुलनामा ७.२ रूपैयाँले कमजोर भयो । योसँगै पाकिस्तानी रूपैयाँ ऐतिहासिक रूपमा सबैभन्दा तल्लो स्तरमा पुगेको छ ।पाकिस्तानको अर्थव्यवस्था पहिलेदेखि नै संकटबाट जेलिएको छ । यस्तो अवस्थामा रूपैयाँमा जारी गिरावटले झनै संकटको स्थिति बढेको बताइएको छ । पाकिस्तानमा यसै हप्ता सुनको मूल्यमा पनि भारी वृद्धि भयो । बुधबार पाकिस्तानमा १२ ग्राम सुनको मूल्य ८० हजार ५ सय पाकिस्तानी रूपैयाँमा कारोबार भएको थियो । पाकिस्तानको विदेशी मुद्रा भण्डार पनि ७ अर्ब ६० करोड डलरमा झरेर सबैभन्दा तल्लो स्तरमा पुग्यो । गत हप्ता स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) का गभर्नर डा. रजा बकीरले भनेका थिए, रूपैयाँमा भएको यस्तो गिरावट केही दिनका लागि मात्रै हो ।
पाकिस्तानमा ३ जूनदेखि रूपैयाँमा गिरावटको अवस्था आइरहेको छ र हालसम्म पाकिस्तानी रूपैयाँ ९ प्रतिशतले कमजोर भइसकेको छ । पाकिस्तानको चालु आर्थिक वर्ष ३० जूनमा समाप्त हुँदैछ । धेरै कम्पनीहरूले ३० जून अगाडि नै आफ्ना सबै अन्तर्राष्ट्रिय भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसका लागि उनीहरूलाई डलर आवश्यक पर्दछ । त्यसैले रूपैयाँमा गिरावटको अवस्था देखिएको रजा बकिरले बताए । इमरान खान प्रधानमन्त्री बनेपछि १० महिनाको अवधिमा पाकिस्तानी रूपैयाँमा २९ प्रतिशतले गिरावट आएको बताइएको छ । गत वर्ष १८ अगस्टमा पाकिस्तानी रूपैयाँ १२३.३५ थियो । जुन २६ मे २०१९ मा १६० भन्दा बढी भयो । पाकिस्तानको इतिहासमा यति छोटो समयमा यति धेरै गिरावट पहिलो पटक भएको हो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग ६ अर्ब डलरको ऋण सम्झौतालाई मध्यनजर गर्दै पाकिस्तानको ?पैयाँ अझै कमजोर हुने आशंका गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया