उप–मेयर कप फुटबलमा बिदुर नगरपालिकाको लगातार दोस्रो जित
विदुर खबर
२०७६ असार ७ गते १०:५१
नुवाकोट असार ७, विदुर नगरपालिकाले राजधानीमा जारी उप–मेयर कप अन्तर नगरपालिका फुटबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
हलचोकस्थित एपीएफको मैदानमा शनिबार धनगढी नगरपालिकालाई २-१ गोल अन्तरले पराजित गर्दै विदुरले लगातार दोस्रो जित निकालेको हो । विदुरको जितमा अस्मिता राईले दुई गोल गरिन् । धनगढीका मन कुमारी चौधरीले एक गोल फर्कान् ।
जितसंगै समूह ‘डी’ बाट विदुरले २ खेलबाट ६ अंक जोडेको छ । धनगढीको भने यो लगातार दोस्रो हार हो ।
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा पहिलो पटक भएको प्रतियोगितामा १८ नगरपालिकाको सहभागीता रहेको छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका समूह विजेता सेमिफाइनल प्रवेश गर्नेछन् । स्याङ्जाको वालिङ नगरपालिकाले समूह ‘ए’ बाट सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया