उप–मेयर कप फुटबल : विदुर नगरपालिकाविरुद्ध धनगढी उप–माहानगरपालीका भिड्दै


फाईल फोटो
नुवाकोट असार ७, राजधानीमा जारी उप–मेयर कप अन्तर नगरपालिका फुटबल प्रतियोगितामा अन्र्तगत समुह डी को दोस्रो खेलमा आज विदुर नगरपालिकाविरुद्ध धनगढी उप–माहानगरपालीकाले प्रतिष्पर्धा गर्नेछ ।
एपीएफको मैदान हलचोकमा दिउँसो ३:३० बजेपछि हुने खेलमा नुवाकोटे चेली उच्च मनोवलका साथ मैदानमा उत्रिँदैछन । विदुर नगरपालिकाको टोली दोस्रो जितको लागि मैदान उत्रने प्रशिक्षक देव चित्रकारले बताए । यसअघिको खेलमा उत्कृष्ट प्रर्दशन गरेको विदुर नगरपालिका दोस्रो जित हात पार्दे सेमिफाईनल नजिक पुग्न चाहान्छ ।
यसअघि बिहिबार पनौती नगरपालिकालाई ६–० गोल अन्तरले पराजित गर्दै विदुर नगरपालिकाले विजयी सुरुवात गरेको थियो । विदुरको जितमा अनु लामाले ह्याट्रिक गरेकी थिइन भने् रञ्जीता राई र रञ्जना दर्जीले एक÷एक गोल प्रहार गरेकी थिइन । प्रतियोगिता अन्र्तगत विदुरले आगामी सोमबार विराटनगर महानगरपालिकासँग प्रतिष्पर्धा गर्नेछ ।
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा पहिलो पटक भएको प्रतियोगितामा १८ नगरपालिकाको सहभागीता रहेको छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका समूह विजेता सेमिफाइनल प्रवेश गर्नेछन् ।प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पाउने असखल नेपाल फुटवल संघले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया