विवादै विवादमा दोस्रो नुवाकोट गोल्डकप, आयोजक भन्छ खेलमा राजनिति भयो

विदुर खबर २०७६ जेठ ३० गते १०:०४

नुवाकोट जेठ ३० , नुवाकोटमा जारी दोस्रो नुवाकोट गोल्डकप विवादै विवादमा फसेको छ ।
उदुघाटन दिनदेखिनै क्याम्पसको मैदान भएकोले क्याम्पसका विद्यार्थीलाई निशुल्क छुट दिनुपर्ने विवाददेखि लिएर नुवाकोट ११ मा स्थानिय खेलाडी नभएको भन्दै नुवाकोट फुटवल संघ र जिल्ला खेलकुद विकास समितिको चर्काे विरोध भएको छ ।

Advertisement

तर जिल्ला खेलकुद विकास समिति र नुवाकोट फुटवल संघ भने खेललाई राजनिति गर्न खोजेको बताउँछन । त्यसो त बुधबार २८ गते नुवाकोट ११ र नेपाल पुलिस क्लबबीचको खेलमा ५० रुपैयाँको टिकलाई २०० रुपैयाँ बनाएर समेत बेचिएको फुटवल हेर्न आएकाहरुले बताएका छन । उनीहरुलाई पुर्वतर्फ वेकरी सपमा रहेको टिकट काउन्टरमा वसेकाहरुले ५० को टिकट २०० रुपैयाँमा भिडाइएको दर्शकहरुले गुनासो गरेका छन । ५० को टिकटलाई २०० रुपैयाँमा बेचिएको कुराले सामाजिक संजालमा फुटवल आयोजकको चर्काे आलोचना भएको छ ।

५० रुपैयाँको टिकटलाई २०० रुपैयाँ बनाएर बेचिएको प्रसंगबारे एन्फा र जिल्ला खेलकुद समितिका नेतृत्वसँग कुरा गर्दा त्यो हुनै नसक्ने दाबी गर्छन । ५० को टिकट २०० मा बेचिएकोबारे प्रश्न गर्दा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वुद्धि प्रभानले दर्शक आफैले बनाएको दाबी गरे । त्यसो त खेल दौरान बालबालिकालाई वल फाल्न प्रयोग गरेर नुवाकोट फुटवल संघले अर्काे लावरवाही गरेको छ । वालकालिकालाई प्रयोग गर्नु संविधान र कानुनसंम्मत हुदैन । तर बालवालिकाहरुले आफुलाई खाजा र दैनिक ५० रुपैयाँ दिने भनेर ल्याएको बताएका छन ।

Advertisement

प्रतिक्रिया