सडकमा गुड्ने ट्रिफर घरभित्र पस्दा ककनीमा एक वृद्धाको मृत्यु, दुई जना घाइते
नुवाकोट ३० जेठ, नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ७ को निगालेमा ट्रिपर घरभित्र पस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।
बुधबार राति ११ बजे बा २ क ६३६३ नम्बरको ट्रिपर सडकबाट व्यक्तिको घरमा खसेको थियो । दुर्घटनामा परी घरमा सुतीरहेकी ६० वर्षिय माईली तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । दुर्घटनामा ट्रिपर चालक अमिल लामा र सहचालक जीवन लामा गम्भीर घाइते भएका छन । उनीहरूलाइ उपचारका लागि काठमाडौँ लगिएकाृ छ ।
दुर्घटनापछि स्थानीयबासीले सडक अवरुद्ध गरेका थिए । प्रहरी र स्थानीय जनप्रतिनिधिको रोहबरमा पीडित र परिवार र ट्रिपर मालिकसँग क्षतिपूर्तिको बारेमा सहमति भएपछि ाजमार्ग सञ्चालनमा आएको ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले बताए । पीडितको परिवारलाई १५ लाख रूपैया क्षतिपूर्ति दिने सहमति भएको लामाले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया