पन्चकन्यामा १५ दिने मुढा बनाउने तालिम सम्पन्न
विदुर खबर
२०७६ जेठ ३० गते १:४२
नुवाकोट जेठ ३०, पन्चकन्या गाउँपालिका वडा नम्बर १ मा १५ दिने मुढा बनाउने तालिम सम्पन्न भएको छ ।
घरेलु तथा साना उद्योग विकास समिति नुवाकोटको आयोजनामा भएको तालिममा वड नम्बर १ वानियाटारका दुईजना पुरुष र १० महिलासहित १२ जना सहभागि भएको पन्चकन्या गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष मणिनाथ लामिछानेले जानकारी दिए ।
बुधवार तालिम समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष लामिछानेले तालिमले वडावासीलाई आत्मनिर्भर बनाउन सहयोग गरेको बताए । तालिम यहि जेठ १५ गतेबाट संचालन भएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया