बढ्यो कर्मचारीको तलब, कसको कति?

विदुर खबर २०७६ जेठ १६ गते २:३६

नुवाकोट जेठ १६, सरकारी कर्मचारीको तलब रकम बढेको छ। आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री युवराज खतिवडाले यसको घोषणा गरेका हुन्। सरकारी सेवामा रहेका राजपत्र अनंकित कर्मचारीहरुका लागि २० प्रतिशत र राजपत्र अंकित कर्मचारीका लागि १८ प्रतिशतले तलब बढेको हो। महंगीभत्ता र पोसाक भत्ता भने यथावत राखिएको छ।

Advertisement

कर्मचारी ऐन अनुसार हरेक दुई वर्षमा कर्मचारीको तलब सुविधा समायोजन गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि पछिल्लो तीन वर्षयता तलब सुविधा बढेको थिएन। यद्यपि, चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले घुमाउरो पाराले महँगी भत्ता २ हजार रुपैयाँ र पोसाकभत्ता ८ हजार बाट १० हजार रुपैयाँ बनाएको थियो।

त्यसैगरी चालु आर्थिक वर्षको बजेटले सबै राष्ट्रसेवक कर्मचारीको २ लाख रुपैयाँ बराबरको बीमामा ५० प्रतिशत प्रिमियम सरकारले तिरिदिने व्यवस्था गरेको थियो।

Advertisement

कसको तलब कति बढ्यो?

प्रथम स्तरको कर्मचारीको पहिलेको तलब मासिक १६ हजार २ सय २५ रहँदै आएकोमा ३ हजार २ सय ४५ र भत्ता २ हजार बढेर २१ हजार ४ सय ७० पुगेको छ।

Advertisement

द्वितीय स्तरको कर्मचारीको पहिलेको तलब १७ हजार २ सय २४ थियो। जसमध्ये ३ हजार ४ सय ४२ रुपैयाँ ८ पैसा तलब र २ हजार भत्ता बढेर २२ हजार ६ सय ५७ रुपैयाँ कायम भएको छ। तृतीय स्तरका कर्मचारीको पहिलेको तलब १८ हजार ३ सय १७ रुपैयाँ रहँदै आएकोमा ३ हजार ६ सय ६३ रुपैयाँ ४ पैसा तलब र २ हजार भत्ता बढी नयाँ तलब २३ हजार ९ सय ८० रुपैयाँ कायम भएको छ।

चौथो स्तरको कर्मचारीको तलब १९ हजार ९ सय ८९ रुपैयाँ रहँदै आएकोमा तलब ३ हजार ९ सय ९७ रुपैयाँ र भत्ता २ हजार वृद्धि भई नयाँ तलब २५ हजार ९ सय ८७ कायम भएको छ।

पाँचौं स्तरको कर्मचारीको तलब २२ हजार १ सय ३० रहँदै आएकोमा ४ हजार ४ सय २६ तलब र २ हजार भत्ता वृद्धि भइ २८ हजार ५ सय ५६ नयाँ तलब कायम भएको छ।

राजपत्र अनंकित द्वितीय तहका कर्मचारीको तलब २२ हजार रहँदै आएकोमा तलब ४ हजार ४ सय र भत्ता २ हजार कायम भई २८ हजार ४ सय कायम भएको छ। राजपत्र अनंकित (अमा) तहका कर्मचारीको तलब २२ हजार ९ सय ५१ रहँदै आएकोमा तलब ४ हजार ५ सय ९१ र भत्ता २ हजार वृद्धि भई २९ हजार ५ सय ५१ रुपैयाँ नयाँ तलब कायम भएको छ।

राजपत्र अनंकित प्रथम तहका कर्मचारीको तलब २३ हजार ४ सय ९४ रुपैयाँ रहँदै आएकोमा ४ हजार ६ सय ९८ रुपैयाँ तलब र २ हजार भत्ता वृद्धि भई ३० हजार १ सय ९३ नयाँ तलब कायम भएको छ।

राजपत्र अनंकित प्रथम (अमा) तहका कर्मचारीको तलब २५ हजार ६ सय ६६ रहँदै आएकोमा तलब ५ हजार १ सय ३३ र भत्ता २ हजार वृद्धि भई ३२ हजार ७ सय ९९ नयाँ तलब कायम भएको छ।

राजपत्रांकित तहका कर्मचारी कसको तलब कति? 
राजपत्रांकित तृतीय तहका कर्मचारीको तलब ३० हजार ४ सय ८७ रहँदै आएकोमा ५ हजरा ४ सय ८७ तलब र २ हजार भत्ता वृद्धि भई ३७ हजार ९ सय ७५ रुपैयाँ नयाँ तलब कायम भएको छ।

राजपत्रांकित द्वितीय तहका कर्मचारीको तलब ३४ हजार २ सय १ रहँदै आएकोमा ६ हजार १ सय ५६ तलब र २ हजार भत्ता बृद्धि भई नयाँ तलब ४२ हजार ३ सय ५७ रुपैयाँ कायम भएको छ।

राजपत्रांकित प्रथम तहका कर्मचारीहरुको तलब ४० हजार १ सय ४० रहँदै आएकोमा ७ हजार २ सय २५ तलब र २ हजार भत्ता बृद्धि भई ४९ हजार ३ सय ६५ रुपैयाँ नयाँ तलब कायम भएको छ।

ब. सचिव (पेन्सन प्रयोजन) कर्मचारीको तलब ४२ हजार ८ सय ६६ रुपैयाँ रहँदै आएकोमा ७ हजार ७ सय १५ तलब र २ हजार भत्ता गरी  नयाँ तलब ५२ हजार ५ सय ८२ पुगेको छ।

राजपत्र अनांकित विशिष्ट सचिवको तलब ५१ हजार ४ सय रहँदै आएकोमा ९ हजार २ सय ५२ रुपैयाँ तलब र २ हजार भत्ता बृद्धि भई नयाँ तलब ६२ हजार ६ सय ५२ रुपैयाँ कायम भएको छ।

मुख्य सचिव तहका कर्मचारीको पुरानो तलब ५४ हजार ५ सय ८१ थियो। सो तलब ९ हजार ८ सय २४ रुपैयाँ र भत्ता २ हजार वृद्धि भई नयाँ तलब ६६ हजार ४ सय ६ रुपैयाँ पुगेको छ।

प्रतिक्रिया