प्रशासकिय अधिकृतलाई हातपात गरेकी रिमालविरुद्ध प्रहरीमा उजुरी दिइँदै
नुवाकोट जेठ १०, बिहिबार तार्केश्वर गाँउपालिकाको उपाध्यक्ष तारादेवी रिमालले आफूलाई हातपात गरेको विषयमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोक दाहालले शुक्रबार न्यायको लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने भएका छन ।
आफुले भनेका योजनाको लागी बजेट नदिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत अशोक दाहालमाथि गाउँपालिकाकी उपाध्यक्ष तारादेवी रिमालले बिहीबार कार्यकक्षमै हातपात गरेकी थिएन । उनले आफूले भनेको ठाँउका योजनाको लागी बजेट दिन नमानेको भन्दै बिहीबार अपरान्ह चार बजेतिर प्रमुख प्रशासकीय अधिकृत दाहालको कार्यकक्ष स्थित उहाँ बसेको कुर्चीमै पुगेर कठालो समातेर कुटपिट थिइन ।
गाँउपालिका मार्फत तर्जुमा भएका योजनाको सीमा बाहिर गएर चार वटा योजनामा ६ लाख रुपैयाँ दिन ठाडो आदेश दिएको र उक्त योजनामा बजेट दिन नीतिगत रुपमा प्रक्रियाले नमिल्ने भनेर भनेपछि गाँउपालिकाको अध्यक्ष रमेशबहादुर वस्तीले भनेको ठाँउमा दिने, मैले भनेको ठाँउमा नदिने भन्दै सिधै कार्यकक्षमा गएर हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत दाहालले जानकारी दिए । रिमालले गाँउपालिकाका अध्यक्षले भनेको स्थानमा मात्र योजना दिने गरेको र आफूले भनेको नमानेको भन्दै धर्काउने गरेको र बिहीबार लगाएको कपडा नै च्यातिने गरेर हातपात गरेपछि दाहालले न्यायको लागी शुक्रबार प्रहरी र प्रशासनमा उजुरी दिने बताएका हुन । तार्केश्वर गाँउपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै नेकपा एमालेबाट निर्वा्चित भएपनि उनीहरुबीचको कार्यगत एकताको अभाव हुदाँ त्यसको मारमा प्रमुख प्रशासकीय अधिकृत परेका छन् । प्रमुख प्रशासकीय अधिकृत दाहाल नुवाकोटको साविक दुईपिपल हाल बेलकोटगढी नगरपालिका–६ का बासिन्दा हुन् । आफ्नै जिल्लाबासी कर्मचारीलाई दुव्र्यबहार गरेर कुटपिट गरेपछि गाँउपालिकामा कार्यरत अन्य कर्मचारी समेत अहिले त्रसित भएका छन् ।
यसैबीच प्रमुख प्रशासकिय अधिकृतमाथि गाउँपालिककी उपाध्यक्ष तारादेवि रिमालले गरेको हातपातको विषयमा सामाजिक संजालमा रिमालको व्यापक विरोध भइरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया