समृद्ध नुवाकोटद्दारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
विदुर खबर
२०७६ वैशाख ३० गते १:०६

नुवाकोट वैशाख ३०, रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ५ को निलकण्ठ माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई समृद्ध नुवाकोट भन्ने संस्थाले शैक्षिक सामाग्री वितरण गरेको छ ।
वि.स. २०७२ सालको बिनासकारी भुकम्पमा परी आफ्नो आमाबुबा गुमाएका ७ जना गरिव, जेहेनदार र अनाथ बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको समृद्ध नुवाकोटका प्रतिनिधि अश्विन रिमालले बताए ।
उनले अन्य विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई समेत आगामी दिनमा शैक्षिक सामाग्री वितरण गर्ने बताए ।
सम्बन्धित
प्रतिक्रिया