गेर्खु–चोगते सडकखण्डको निर्माण कार्य तिव्र
विदुर÷विदुर नगरपालिकाको वडा नं १० फुलबारीदेखि वडा नं ११ को गेर्खुहुँदै सुर्यगढी गाउँपालिकाको बागेश्वरीसम्म जोड्न लागेको गेर्खु–चोगते सडकखण्डको निर्माण तिव्र पारिएको छ ।
१३ किलोमिटर ७ सय ६० मिटर कुल लम्बाई भएको सो सडकको निर्माणको जिम्मा संघिय सांसद वहादुरसिंह लामको हिमडुङ एण्ड थोकर कन्स्ट्रक्सन प्रालिले गरिरहेको अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार जिल्ला कार्यान्वयन एकाई नुवाकोटले जनाएको छ । २४ महिनाको अवधिमा निर्माण सम्पन्न सक्नुपर्ने सो सडकको लागत २६ करोड ४५ लाख २ हजार २ सय ५३ रुपैयाँ ८९ पैसा रहेको छ । सडक निर्माण समयमै भएमा विदुर नगरपालिका वडा नं १० र ११ का जनताहरु लाभान्वित हुनेछन । सदरमुकाम विदुरबाट मात्र ५÷६ किलोमिटरको दुरीमा रहेको सावकको गेर्खु गाविस सडक संजाल राम्रो नभएकै कारणले विकट मानिएको छ । लामोसमयसम्म सडक निर्माण हुन नसक्दा त्यहाँका स्थानियले ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य भएका छन । सडक निर्माणको स्थिति तिव्र गतिमा भइरहेको विदुर नगरपालिका वडा नं ११ का वडाअध्यक्ष तोयानाथ तिमिल्सीनाले बताए । निर्माणको अवस्था सन्तोषजनक भएको उनको भनाई छ । स्थानियबासीले सडक निर्माण भएसँगै खुसी व्यत्त गरेका छन । स्थानिय राजकुमार केशीले सडक निर्माण हुनु मात्र ठुलो नभएको भन्दै सडक गुणस्तरीय र भरपर्दाे हुनुपर्ने बताए । सडकको चौडाईतर्फ छ मिटर पिच हुने बताइएको छ । सडकको निर्माणको लागि गत असार २२ गते सम्झौता भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया