बालिका फकाएर भारत लैजान लागेको आरोपमा रालुकाबाट दुई युवक पक्राउ
नुवाकोट÷नुवाकोटको तादी गाउपालिका वडा नं.२ मा बालिका बेचविखन गरेकोे आरोपमा २ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेहरुमा साविक रालुका गाविसका २५ वर्षिय कान्छा तामाङ र बुद्दिमान तामाङ रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटका डिएसपी भिमलाल भट्टराईले बताए । उनीहरुलाई पिडितका दिदिले पदएको जाहृरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यmय नुवाकोटले जनाएको छ । पिडित बालिकाहरु सानु र कान्छी (परिर्वर्तित नाम) लाई बिभिन्न प्रलोभन देखाई,लगाईफकाई गरी भारत तर्फ बेच्ने र बेश्यावृतिको काममा लगाउने उदेश्यले घरबाट फोन मार्फत बोलाई लैजादै गरेको अवस्थामा प्रहरीको चेक जाँचको क्रममा पक्राउ गरिएको प्रहरी नायव निरिक्षक भट्टराईले जानकार िदिए ।
उनीहरुलाई वडा नं.५ दोर्खु पुल नजिकको जंगलको सडकबाटोमा फेला पारी उद्दार गरिएको र तामाङद्धयलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा मानवबेच बिखन तथा ओसारपसारको मुद्दा दर्ता गरि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । घटनामा संलग्न अन्यको खोजी भइरहेको नुवाकोट प्रहरीका डिएसपी भट्टराईले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया