चीनमा झण्डै चार लाख गैरसरकारी संस्था
विदुर खबर
२०७५ मंसिर ७ गते ३:२४
बेइजिङ, चीनमा समुदायमा आधारित गैर नाफामुलक संस्थाहरूको संख्या झण्डै चार लाख पुगेको छ ।
नागरिक मामिला सहायक मन्त्री झान चेङफुले तीन लाख ९३ हजार गैर नाफामुलक सामुदायिक संस्थाहरू पुगेको बिहीबार जानकारी दिनुभयो । विषेशगरेर छिमेकीहरूलाई सहयोग गर्ने, सांस्कृतिक कार्यक्रम आयोजना गर्ने र खेलकुद प्रतियोगिता आयोजना गर्नेलगायतका कामहरू यी संस्थाहरूले गर्ने उहाँले बताउनुभयो ।
त्यसैगरी ग्रामीण क्षेत्रमा उत्पादनजन्य कामका लागि प्राविधिक सेवा दिने काम पनि यी संस्थाहरूले गर्ने गरेका छन् ।
यी बाहेक निजी सामाजिक संस्थाहरू पनि चीनमा सात हजारभन्दा बढी रहेको उहाँले जानकारी दिनुभयो । ती संस्थाहरूमा झण्डै दुई लाख ३० हजार सामाजिक कार्यकर्ताहरू क्रियाशील रहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया