बागेश्वरीमा भाञ्जी बलत्कार गर्ने मामा पक्राउ
विदुर खबर
२०७५ मंसिर २ गते १:५०
विदुर,बौद्धिक रुपमा अपाङ्गता र नाताले भाञ्जीपर्ने एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले सूर्यगढी गाउपालिका वडा नं ३ बागेश्वरीका सोमबहादुर तामाङलाई शुक्रबार पक्राउ गरेको छ ।
२८ वर्षका तामाङलाई नियन्त्रणमा लिएर नुवाकोट जिल्ला अदालतमा जबरजस्ती करणी गरेको अभियोगमा मुद्धा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजाराम खड्काले बताए । तामाङलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले तीन दिनको म्याद दिएको छ ।
प्रहरी निरीक्षक खड्काको अनुसार तामाङले बिहीबार ती किशोरीलाई जबरजस्ती करणी गरेको भनी पीडित परिवारले प्रहरी समक्ष उजुरी दिएका थिए ।किशोरीको स्वास्थ्य परीक्षण, प्रारम्भिक अनुसन्धान लगायतको आधारमा ‘अपराध’ भएका तथ्य पाइएकाले तामाङ विरुद्ध मुद्धा दर्तागरी कारबाहीको लागी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया