संविधान संशोधनको सहमति गरेर सरकारमा जान फोरम सहमत
१४ फागुन, काठमाडौं । एमाले र माओवादी केन्द्रले संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएसँगै संघीय समाजवादी फोरम पनि केपी ओली सरकारमा सहभागी हुने भएको छ ।
सम्भवतः भोलि सपथ हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले फोरमलाई आइतबार नै सरकारमा सहभागी गराउन चाहेका थिए । फोरम अध्यक्ष उपेन्द्र यादवलाई बालुवाटारमा बोलाएर ‘आपसी सहमतिका आधारमा संविधान संशोधन गर्ने’ प्रतिवद्धता जनाएका छन् ।
तर, यादवले पार्टीसँग छलफल गर्नुपर्ने बताए । लगत्तै पार्टी कार्यालय तिनकुने पुगेका यादवले नेताहरुसँग बालुवाटार वार्ताबारे ब्रिफिङ गरेका छन् । बैठकमा एक नेताका अनुसार संविधान संशोधनमा सहमति गरेर सरकारमा जाने सहमति जुटेको छ ।
फोरमका एक नेताले भने, ‘आपसी सहमतिका आधारमा संविधान संशोधन गर्ने प्रतिविद्धता आएको छ । लिखित सम्झौता भएपछि हामी पनि सरकारमा सहभागी हुन्छौं ।’
एमाले र माओवादी नेताहरुका अनुसार आजै सहमति हुनसक्छ । फोरम अध्यक्ष यादवले पनि पार्टी नेताहरुलाई त्यसका लागि तयारी अवस्थामा रहने निर्देशन दिएका छन् ।
दलहरुबीच मन्त्रालय भागवण्डा पनि मिलाउन बाँकी छ । प्रधानमन्त्री ओली यादवलाई परराष्ट्रमन्त्री बनाउन सहमत छन् । साथै एक राज्यमन्त्री पनि दिने बताएका छन् ।
तर, फोरमले भने दुई मन्त्रालय दाबी गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया