नुवाकोटमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुरु
विदुर खबर
२०७५ कार्तिक ११ गते ११:२२
नुवाकोट कार्तिक ११, हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने नाराका साथ नेपाल प्रहरीले ल्याएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम आइतबार नुवाकोटमा पनि शुरु भएको छ ।
प्रहरीले स्थानीय तह, समुदाय, सामाजिक सङ्घसंस्था तथा विद्यालयसँग साझेदारी गर्नेभन्दै कार्यक्रम शुरु गरेको बताएको छ । कार्यक्रममा नुवाकोटका १२ वटै स्थानिय तहका प्रमुखहरु तथा नुवाकोट प्रहरी प्रमुख बसन्त कुँवरबीच समुदाय–प्रहरी साझेदारी निर्माण गरी कार्यान्वयन गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर समेत गरिएको छ ।
कार्यक्रममा नुवाकोटका १२ वट्टै स्थानिय तहका जनप्रतिनिधिहरु तथा सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया