नुवाकोटमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई घाइते
नुवाकोट कार्तिक १०, शनिवार विहान नुवाकोटमा भएको छुट्टाछुट्टै दुर्घटनामा २ जना घाइते भएका छन ।
घाइते हुनेमा सूर्यगढी गाउँपालिका वडा नं १ लच्याङकी मसिनी दर्जी र केउरीनी वस्ने १० बर्षिय बालिका संजिता फुयाल रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । दर्जीलाई बिदुर नगरपालिका वडा नं १ को त्रिशुली बजारमा काठमाण्डौबाट त्रिशुली तर्फ आउदै गरेको बा २ ख ९०६७ नम्बरको बसले झर्ने क्रममा बायां खुट्टामा किचेका नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले बताए । दर्जीलाई उपचारको लागी त्रिशुली अस्पतालमा लगिएको छ । उनको अवस्था सामान्य रहेको नुवाकोट प्रहरीले जनाएको छ ।
त्यस्तै बिदुर नगरपालिका वडा नं ४ बट्टारमा बिदुरबाट गंगटे तर्फ जांदै गरेको बा ६५ प ९८४४ नम्बरको को मोटरसाइकलले फुयाललाई बाटो काट्ने क्रममा मोटरससाइकलले ठक्कर दिई घाइते बनाएको छ । उनको उपचारको सापकोटा मेडिकल बट्टार भइरहेको छ । दर्जी र फुयाललाई ठक्कर दिने वस र मोटरसाइकललाई नियँत्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया