विदुर नगर प्याब्सनको पुर्ण बैठक सम्पन्न

नुवाकोट । निजी तथा आवासीय विद्यालय अर्गनाइजेस (प्याब्सन) विदुर नगर कार्यसमितिको पुर्ण बैठक सम्पन्न भएको छ ।

बैठकले गुणस्तरीय शिक्षाका साथै आफ्ना बालबालिकाहरुको उज्ज्वल भबिस्यको लागि निजि बिद्यालयमा भर्ना गर्ने सम्पुर्ण अभिभावकलाई आभार व्यक्त गरेको छ । यस्तै बैठकले निजि विद्यालयहरुमा भर्ना अभियान चलिरहेको भन्दै आफुलाइ पाएक पर्ने निजि बिद्यालयमा आफ्ना बालबालिकाहरुलाई भर्ना गर्न अनुरोध गरेको विदुर नगर प्याब्सनका अध्यक्ष रामराजा कुमालले जानकारी दिए ।
उनले उच्च शिक्षा हासिल गर्न सामुदायिक विद्यालयबाट मात्र एसइई उतीर्ण गरेका विद्यार्थीहरुले छात्रवृत्ति पाउने भन्ने दुविधा रहेकोमा त्यो अवस्था नरहेको बताए ।
अध्यक्ष कुमालले पछिल्लो पटक सर्बोच्च अदालतको ब्याख्याले सम्पुर्ण विद्यार्थीहरुले क्षमताको आधारमा छात्रवृत्ति पाउने व्यवस्था रहेको भन्दै ढुक्क भएर निजि विद्यालयमा विद्यार्थी भर्ना गर्न आग्रह गरे ।
विदुर नगरपालिकाले सन्चालन गरेको आधारभुत तह कक्षा ८ र कक्षा ५ को परिक्षामा निजि बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याएको भन्दै उत्कृष्ट हुने विद्यार्थी र अभिभावकलाई आगामी विशेष कार्यक्रममा सम्मान गर्ने निर्णय समेत बैठकले गरेको छ ।
बैठकले आधरभुत तह कक्षा ८ र ५ को ग्रेडवृद्धि परिक्षा अनिश्चतकालको लागि स्थगित भएकोले सम्बन्धित निकायसँग तत्काल परिक्षा गर्नुपर्ने माग समेत राखेको छ । बैठकले विद्यार्थीहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गर्न विभिन्न अतिरिक्त क्रियाकलाप गर्ने निर्णय समेत गरेको छ ।
विदुर प्याब्सनले आगामी वैशाख २० गतेसम्म भर्ना अभियान जारी राख्ने र भर्नामा विशेष छुट दिने बताएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया