नुवाकोटको त्रिशुली नदिमा डुबेर एकजनाको मृत्यु
विदुर खबर
२०८२ वैशाख १४ गते ८:२४

नुवाकोट । नुवाकोटको त्रिशुली नदिमा पौडी खेल्न गएका एक जनाको डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर १ का २२ वर्षिय विजय विक रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी विक्रम लामाले जानकारी दिए ।
शुक्रवार साँझ विदुर नगरपालिका वडा नम्बर ९ विजुरास्थित त्रिशुली नदिमा पौडी खेल्न र माछा मार्न भनेर खोलामा गएरका उनी डुबेर बेपत्ता भएका थिए ।
उनलाई शनिवार हराएकै स्थानमा मृत्त अवस्थामा फेला परिएको डिएसपी लामाले विदुर खबरलाई जानकारी दिए ।
खोलामा डुबेर बेपत्ता भएका उनको खोजी कार्यको लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानियवासीहरु खटिएका थिए ।
Advertisement
मृत विक नेपाल माइक्रो तथा बस कम्पनी प्रालीका सहचालक रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया