आजको मौसम : मेघ गर्जनसहित वर्षाको सम्भावना

नुवाकोट । केही दिनदेखि अत्यधिक महसुस भएको गर्मी सोमबारदेखि घट्ने प्रक्षेपण गरिएको छ ।

आज अपराह्नदेखि केही ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेकोले सोमबारदेखि तापक्रम पनि घट्ने हुँदा गर्मी केही कम हुने मौसमविद्को पूर्वानुमान छ ।
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवम् मौसमविद् डा=विनोद पोखरेलका अनुसार आज अपराह्नदेखि मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ ।
उनका अनुसार वर्षाका कारण सोमबारदेखि तापक्रम घट्ने छ । र, लगभग प्रत्येक दिनजसो वर्षाको सम्भावना रहेको छ । यसले गर्दा गर्मी पनि कम हुँदै जाने उनले बताए ।
‘भोलि अपराह्नमा नेपालको काठमाडौंलगायत पूर्वी आधा भेगमा राम्रो वर्षा हुने सम्भावना छ । साथै तापक्रममा उल्लेखनीय कमी पनि आउने हुँदा गर्मी घट्ने छ’, उनले सुनाए ।
पछिल्ला केही दिनयता लुम्बिनी प्रदेशका तराईका जिल्लामा तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको थियो । जसकारण तातो हावाको चेतावनी दिइएको थियो ।
अन्य प्रदेशका तराईका जिल्लामा पनि तापक्रम ३८ डिग्रीभन्दा माथि मापन भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया