टिप्परको ठक्करबाट नुवाकोटका भट्टराईको मृत्यु

विदुर खबर २०८२ वैशाख ११ गते २०:५४

नुवाकोट । टिप्परको ठक्करबाट नुवाकोटको एक जनाको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा सूर्यगढी गाउँपालिका वडा नम्बर ४ घर भई हाल टोखा नगरपालिका लोकतान्त्रिक चोक बस्ने करिब ४० वर्षीय माधव भट्टराई रहेको प्रहरीले जनाएको छ ।

बुधबार साँझ काठमाडौंको महाराजगञ्जमा टिप्परको ठक्करबाट रा १ ख २६२२ नम्बरको टिपरले बा६२प ८८४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भट्टराई घाइते भएका थिए ।

Advertisement

उनको बसुन्धारास्थित ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको थियो ।

टोखा नगरपालिका-७ सामाखुशी प्रहरी पेट्रोल पम्प अगाडिको सडक खण्डमा बुधबार साँझ उक्त टिपरले भट्टराई सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।

Advertisement

प्रहरीका अनुसार दुवै सवारीसाधन ट्राफिक प्रहरी प्रभाग तिलिङगेटारको नियन्त्रणमा रहेको छ भने टिपर चालकलाई भने प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ ।

प्रतिक्रिया