बट्टारमा करेन्ट लागेर एक जनाको मृत्यु

विदुर खबर २०८२ वैशाख ९ गते १६:३६

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टार वसपार्कमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा रौतहटको चन्द्रनिगापुर नगरपालिका चपुरका वर्ष ३४ का भुवन गौतम रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी विक्रम लामाले जानकारी दिए ।

वसपार्कमा रहेको दिनेश मेकानिकल वर्क शप (ग्यारेज) मा आज विहान ११ बजेतिर काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा त्रिशुली अस्पतालमा मृत्यु भएको हो ।

Advertisement

मृतक गौतमको शव पोष्टमार्टमको लागि त्रिशुली अस्पतालमा राखिएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

गौतम लामो समयदेखि ग्यारेजमा गाडीको पत्ता सम्बन्धी काम गर्दै आएका थिए ।

प्रतिक्रिया