धादिङमा विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

विदुर खबर २०८२ वैशाख ३ गते १४:३६

नुवाकोट । धादिङमा आफ्नै विद्यार्थीलाई यौन र्दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

Advertisement

नेत्रावती डबजाेङ गाउँ पालिका -४ स्थित कुण्डलादेवी माविका शिक्षकले एसईई दिएकी विद्यार्थीलाई बाल याैनदुरपयाेग आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

३४ वर्षीय शिक्षक शेरबहादुर बुढाले १५ वर्षीया एक विद्यार्थीलाई एई परीक्षापछि ०८१ चैत ९ गते नेत्रावती डबजाेङ गाउँपालिका-५ काेठामा बसेकाे घरमा बाल यौन दुरुपयाेग गरेकाेले कारबाहीकाे माग गर्दै चैत २९ गते जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिईएकाे थियाे ।

Advertisement

पीडित पक्षकाे उजुरीपछि चैत २९ गते बालिकाको स्वास्थ्य परीक्षण धादिङ अस्पतालमा भयो ।

आरोपित विरुद्ध चैत २९ गते उजुरी दर्ता भयो । फरार आरोपितलाई पक्राउपछि जिल्ला अदालतको आदेशले हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिए ।

Advertisement

आफ्नो विद्यार्थीलाई आफू सुतेकै ठाउँमा सुताएर यौन दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ ।

प्रतिक्रिया