राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा विदुर प्रथम

विदुर खबर २०८२ वैशाख १ गते २१:५१

नुवाकोट । १४ औं राष्ट्रपति रनिङ शिल्ड नुवाकोट जिल्लास्तरीय खेलकुद प्रतियोगितामा विदुर नगरपालिका पहिलो भएको छ ।

Advertisement

आज सम्पन्न भएको प्रतियोगितामा १७ स्वर्ण जित्दै विदुर नगरपालिका पहिलो भएको हो । विदुर नगरपालिकाले पाएको १७ स्वर्णमध्ये १२ तेक्वान्दोबाट आएको हो भने एथलेटिक्सबाट ३ र कराँतेबाट २ स्वर्ण आएको हो । समग्रमा विदुरले १७ स्वर्ण ५ रजत र १६ कास्य प्राप्त गरेको हो ।

यस्तै दोस्रो स्थानमा लिखु रह्यो । लिखुले १६ स्वर्ण १२ रजत र ७ कास्य जितेको हो । लिखुले सबैभन्दा बढी एथलेटिक्सबाट १४ स्वर्ण हात पारेको छ भने दुई स्वर्ण कबड्डीबाट थपेको हो ।

Advertisement

यस्तै तेस्रो स्थानमा रहेको म्यागङले १० स्वर्ण ८ रजत र ४ कास्य हात पा¥यो । उसले कराँतेबाट ६ तथा भलिवल र एथलेटिक्सबाट समान २÷२ स्वर्ण हात पारेको हो ।

चौथो भएको सुर्यगढीले ७ स्वर्ण १७ रजत र ६ कास्य हात पारेको छ । शिवपुरीले ४ स्वर्ण एक रजत र ७ कास्य पायो । यस्तै पन्चकन्याले ३ रजत र ७ कास्य हात पा¥यो ।
यस्तै तादी गाउँपालिका ३ रजत र ७ कास्यसहित अन्तिममा रह्यो ।

Advertisement

प्रतियोगिताको बिजेतालाई प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङ। जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रबिक्रमसिंह ठकुरी, पन्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङ लगायतले मेडल तथा प्रमाणपत्र वितरण गरे ।

प्रतियोगितामा नुवाकोटको ९ स्थानिय तहको सहभागिता रहेको थियो । जिल्ला खेलकुद विकास समितिको आयोजना र पञ्चकन्या गाउँपालिकाको व्यवस्थापनमा घ्याङस्वारामा प्रतियोगिता सञ्चालन भएको थियो ।

प्रतियोगितामा नुवाकोटका झण्डै ४ सय बढी खेलाडीको सहभागिता रहेको आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

प्रतियोगितामा तेक्वान्दो, कराँते, भलिबल, एथ्लेटिक्स र कबड्डी खेल खेलाइएको थियो ।

प्रतिक्रिया