नुवाकोटमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

विदुर खबर २०८१ चैत २९ गते ६:५२

नुवाकोट । १४ औं राष्ट्रपति रनिङ शिल्ड नुवाकोट जिल्लास्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ।

Advertisement

जिल्ला खेलकुद विकास समितिको आयोजना र पञ्चकन्या गाउँपालिकाको व्यवस्थापनमा शुक्रबारदेखि सो प्रतियोगिता सुरु भएको हो।

पञ्चकन्या गापाको पर्यटकीय घ्याङस्वारामा सञ्चालन भएको प्रतियोगिताको कार्यक्रमका बीच मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले उद्घाटन गरे।

Advertisement

प्रतियोगितामा नुवाकोटका स्थानीय तहका पाँच सय ५० जना खेलाडीको सहभागिता रहेको आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ। चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा मार्शल आर्टसका तेक्वान्दो, कराँते र उसुका साथै भलिबल, एथ्लेटिक्स र कबड्डी खेल गरिएको समितिका अध्यक्ष विजय गुरुङले बताए।

प्रतियोगितामा एक सय १४ स्वर्ण, एक सय १४ रजत र एक सय ३८ कास्य पदकका लागि स्थानीय तहका खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्।

Advertisement

प्रतिक्रिया