विदुरको दश विद्यालयको नतिजा शतप्रतिशत उत्तिर्ण

विदुर खबर २०८१ चैत २८ गते २१:४९

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले नगरस्तरीय आधारभूत तह उत्तीर्ण परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

Advertisement

जस अनुसार नगरपालिका भित्रका ६ संस्थागत र ४ सरकारी बिद्यालयले शतप्रतिशत नतिजा प्राप्त गरेका छन् । विदुर नगरपालिकाका शिक्षा शाखाका शिक्षा अधिकृत नवराज सापकोटाका अनुसार पालिका भित्र रहेका १० विद्यालयका विद्यार्थीहरु कक्षा ८ को परिक्षामा शतप्रतिशत उर्तीर्ण भएका हुन् ।

शतप्रतिशत नतिजा हात पार्नेमा पृथ्वी मावि, ज्ञानकुञ्ज विद्यालय, सामुदायिक विद्या मन्दिर, नेशनल बेथेल एकेडेमी र भैरवी मावि रहेका छन् । यस्तै गणेश भ्यु बाटिका, कालिका मावि, स्पार्कल इन्टरनेशनल स्कुल, सुर्यज्योति बोर्डिङ स्कुल र जेडि बोर्डिङ स्कुलका विद्यार्थीहरु शतप्रतिशत उतिर्ण भएका छन् ।

Advertisement

यस्तै नतिजाको आधारमा युनाइटेड आधारभुत विद्यालयको नतिजा सबैभन्दा कमजोर देखिएको छ । विद्यालयबाट ६ जना परिक्षार्थीले परिक्षा दिँदा दुई जना मात्र उत्तीर्ण भएका छन् । जुन प्रतिशतको अधारमा ६६ प्रतिशत फेल हो । यस्तै रामचन्द्र आधारभुत विद्यालयका ६२.५० प्रतिशत अनुत्तीर्ण हुँदा सुलक्षण आधारभुत विद्यालयका ५७.८९ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

यस्तै बागेश्वरी आधारभुत विद्यालयका ५४ प्रतिशत विद्यार्थी फेल भएका छन् भने भैरम माविका ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका हुन् ।

Advertisement

विभिन्न विषयमा अनुत्तीर्ण भएका एकसय ९८ विद्यार्थीहरुले आगामी बैशाख ७ र ८ गते ग्रेडबृद्धि परिक्षामा सहभागिता जनाउन पाउने छन् ।

प्रतिक्रिया