गुडविल एकेडेमीको वडाध्यक्ष न्यौपानेलाई सम्मान

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ५ पिपलटारमा रहेको गुडविल एकेडेमीले वडाध्यक्षलाई लिलानाथ न्यौपानेलाई सम्मान गरेको हो ।

विद्यालयमा बिहीबार आयोजित अभिभावकहरुलाई जीवन जीउने कला प्रशिक्षण कार्यक्रममा वडाध्यक्ष न्यौपानेलाई विद्यालयका अध्यक्ष शिवप्रसाद गजुरेलले सम्मान गरेका हुन् ।
सामुदायिक र निजि संस्थागत विद्यालयमा रहेको विभेद न्युन गर्न तथा वडाभित्र रहेका विद्यालयले एसईईमा उत्कृष्ट नतिजा ल्याउँदा सम्मान गरेको भन्दै वडाध्यक्ष न्यौपानेलाई सम्मान गरिएको विद्यालयका प्रध्यानाअध्यापक रामराजा कुमालले जानकारी दिए ।
यस्तै विद्यालयले अभिभावकहरुलाई जीवन जीउने कला सम्बन्धी समेत प्रशिक्षण दिएको छ । कार्यक्रममा मनोपरामर्शदाता ईश्वर श्रेष्ठले प्रशिक्षण दिएका थिए ।
उनले विद्यालयले दिने शिक्षा, संस्कारका साथै शिक्षकहरुको मानसिक अवस्था र अभिभावकले लिनुपर्नै जिम्मेवारीको विषयमा जानकारी दिएका थिए ।

कार्यक्रममा विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया