नुवाकोटमा ठगी गर्ने रसुवाका तीनजना पक्राउ

विदुर खबर २०८१ चैत २३ गते ९:३१

नुवाकोट । ठगी कार्यमा संलग्न रहेको आरोपमा नुवाकोटको ककनीबाट तीन जना पक्राउ परेका छन् ।

Advertisement

अदालतबाट प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद पाएको छ । नुवाकोटको विदुर ४ बट्टारकाे एक सुन पसलमा पहेँलो रङ्गको सुनजस्तो देखिने धातु दिई नगद ६० लाख रुपैयाँ ठगी गरी नम्बर नखुलेको हरियो रङ्गको बजाज मोटरसाइकलमा भागी फरार भएकोमा जिल्ला प्रहरी कार्यालय नुवाकोट मातहत प्रहरी चौकी ककनी, रानी पौवाबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा रातीको समयमा उनीहरूलाई ककनीबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।

उनका अनुसार ककनी गाउँपालिका ५ मा रहेको एक रिसोर्टमा आशङ्कित व्यक्तिहरूलाई फेला पारी खानतलासी गर्दा उनीहरूको साथबाट नगद ६० लाख रुपैयाँ, २ थान खुकुरी र सो कार्यमा प्रयोग भएको मोटरसाइकल दुई थान फेला परेको हुँदा बरामद गरी उनीहरूलाई पक्राउ गरी अदालतमा पेस गरिएको हो ।

Advertisement

पक्राउ परेकाहरूमा रसुवाको गोसाईंकुण्ड गापा ६ धुन्चेका ३६ वर्षीय जीतमान तामाङ, सोही स्थानका २१ वर्षीय बुद्धराम तामाङ र रसुवाकै आमाछेदिङ्मो गापा १ हाकुका ३० वर्षीय ङवाङदोर्जे तामाङ रहेको एसपी रेग्मीले बताए ।

पक्राउ परेका तीनै जनालाई ठगी सम्बन्धी कसुरमा नुवाकोट जिल्ला अदालतबाट सात दिनको हिरासतमा राख्ने म्याद थप गरी अनुसन्धान कार्य भई रहेको छ ।

Advertisement

प्रतिक्रिया