नुवाकोटमा राप्रपाको मसाल जुलुस प्रर्दशन

नुवाकोट । नुवाकोटमा राप्रपा नेपालले मसाल जुलुस निकालेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष धवलशमशेर राणासहित पार्टीको नेता–कार्यकर्ता पक्राउ गरिएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटले बट्टार बजारमा मसाल जुलुस निकालेको हो ।
पार्टीका जिल्ला अध्यक्ष कुल वहमादुर खड्गीका अनुसार सरकारले ज्यादती गर्दै पार्टीका शीर्ष नेता कार्यकर्तालाई पक्राउ गरेको विरोधमा जुलुस निकालिएको हो ।
खड्गीले नुवाकोटको बट्टार बजारमा मसाल जुलुस निकालिएको जानकारी दिए ।
खड्गीले भने, ‘सरकारले राजसंस्थाप्रति सद्भाव राख्ने नेताहरुलाई पक्राउ गरी थुन्ने कार्य गरेकोमा आपत्ति छ । हाम्रा नेता धवलशमशेर राणा, रवीन्द्र मिश्रसहित सबैको यथाशीघ्र रिहाइको माग गर्दछौँ ।
मसाल जुलुस निकाल्ने क्रममा बट्टारमा धेरै मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो भने केहीबेर झडपको अवस्था सिर्जना भएको थियो ।
जिल्लामा कुनैपनि र्दुघटना हुन नदिन भन्दै प्रशासनले धेरै शसस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन गरिएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया