आतङ्क फैलाउनु राजावादीहरूको चरित्र हाे : प्रचण्ड

नुवाकोट । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादी समूहले तीनकुनेमा गरेको सभालाई अराजकताहरूको संज्ञा दिएका छन् ।

समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा आज काठमाण्डाैमा गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तीनकुने प्रतिगामी र निरङ्कुशतावादीहरूको प्रतीकजस्तो बनेको टिप्पणी गरे । उनले घरमा आगो र प्रहरीमाथि समेत ढुङ्गा प्रहार गरेकोप्रति आपत्ति जनाउँदै एक/दुई जना मान्छे मारेर देशभर आतङ्क फैलाउन चाहेको आरोप लगाए । उनले आतङ्क फैलाउनु राजावादीहरूको चरित्र भएको तर्क गरे।
प्रचण्डले भने, ‘तीनकुनेकाे सभा मण्डले अराजकताको पराकाष्ठा भएको छ । सबै प्रतिगामी, निरङ्कुशतावादीहरूको एउटा प्रतीकजस्तो बनेर देखिएको छ । त्यहाँ घरमा आगो लगाएका छन्, पुलिसमाथि ढुङ्गा प्रहार गरेका छन् । एक/दुई जना मरून् र देशभर आतङ्क फैलियोस् भन्ने चाहेका छन्, त्यो राजावादीहरूको चरित्र हो ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया