नेपालीले फेरि राजतन्त्र स्वीकार गर्दैनन् : अध्यक्ष नेपाल

नुवाकोट । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा वंशको शासन फर्काउन खोज्नेहरूले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा आज काठमाण्डाैमा गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकले फेरि राजतन्त्र स्वीकार नगर्ने बताए । २४० वर्षको शाह वंशको शासन र १०४ वर्षको राणा शासनले नेपाली नागरिकलाई दास बनाएको भन्दै उहाँले अब नेपाली नागरिकले कसैको दासता स्वीकार नगर्ने बताए । शाह वंशले देशलाई बर्बाद बनाएको उनकाे आराेप छ ।
नेपालले भने, ‘अब यो देश शाही वंशतर्फ फर्किन सक्दैन, राणातन्त्रतर्फ फर्किन सक्दैन । अब यो देश वंश र परिवारको शासनमा फर्किन सक्दैन । नेपाली जनता कसैको दास बन्न चाँहदैनन् ।२४० वर्षको शाह वंशको इतिहास, १०४ वर्षको राणाकालीन शासनकाे इतिहास हेराैँ । उनीहरूले देशलाई कति लुटेका छन् ? हामी चुनौती दिन चाहन्छौँ यो देशमा फेरि ती वंशको शासन ल्याउन खोज्ने कसैले कुचेष्टा गर्छ भने उनीहरूले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।’
अध्यक्ष नेपालले नागरिकको समस्याबाट आफूहरू चिन्तित भएको जिकिर गरे । पूँजीवादी व्यवस्था र सत्ता सञ्चालन गर्नेहरूको नालायकीपनका कारण नागरिकले दुःख पाएको उनकाे भनाइ छ ।
नेपालले सरकारले नागरिकको समस्यालाई वास्ता नगरेर तमासे भएर बसेको आरोप पनि लगाए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै सरकार नागरिकबाट टाढिएकाले नागरिककाे पीडा बुझ्न नसकेको बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया