दोस्रो पञ्चकन्या क्रसकन्ट्री दौड चैत ३० गते हुने

नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड प्रतियोगिताको दोस्रो संस्करण चैत ३० हुने भएको छ ।

पञ्चकन्या जनकल्याण युवा समाजको आयोजनामा हुने प्रतियोगितामा पुरुष/महिला खुला १० किमि र पञ्चकन्या पालिकास्तरीय छात्र/छात्रातर्फ ५ किमि दूरीमा प्रतिस्पर्धा हुनेछ ।
खुला दौडतर्फ पुरुष र महिला दुवैका विजेताले २२ हजार, दोस्रो हुनेले १६ हजार र तेस्रो हुनेले १० हजार पुरस्कार पाउनेछन् । ५ किमि दुरीको छात्रछात्रा दौडतर्फ विजेताले ११ हजार, दोस्रोले ७ हजार र तेस्रोले ४ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । पञ्चकन्या गाउँपालिकाको कार्यालय लाकुरीभन्ज्याङबाट सुरु हुने दौड ‘घ्याङस्वाँरा सहिद स्मारक पर्यटकीय पार्क’ पुगेर सोही रुट घलेभञ्ज्याङ आएर सकिनेछ ।
पञ्चकन्या–४ मा निर्माण गरिएको घ्याङ्स्वाँरा सहिद स्मारक पार्कको प्रचारप्रसार तथा जनकल्याण शैक्षिक अक्षयकोष स्थापनाको सहयोगार्थ दौड प्रतियोगिता गरिन लागेको समाजका अध्यक्ष टीकाराम तामाङले बताए । सोही अवसरमा पञ्चकन्या पालिकाका राष्ट्रिय पदक विजेता खेलाडी सम्मान र चर्चित कलाकार रामहरि भण्डारी, मीना लामा, रामेश्वर भण्डारीलगायतको साथमा सांगीतिक कार्यक्रमसमेत हुनेछ ।
खेलाडीका लागि नाम दर्ता खुला गरिएको कार्यक्रम संयोजक एवं संस्थाका कोषाध्यक्ष रामहरि भण्डारीले बताए । उनका अनुसार चैत २० सम्म प्रत्यक्ष र अनलाइनबाट समेत फर्म भर्न सकिने व्यवस्था गरिएको छ । फाराम शुल्क खुलातर्फ ५ सय र छात्रछात्राले ३ सय रुपैयाँ तिर्नुपर्नेछ । सहभागीलाई निःशुल्क टिसर्ट र खानाको व्यवस्था गरिनेछ ।
गत वर्ष फागुन ५ मा भएको पञ्चकन्या क्रसकन्ट्री दौडमा पञ्चकन्या–३ की एलिसा तामाङ र लिखु गाउँपालिका–४ का सुदीप राई च्याम्पियन बनेका थिए । पञ्चकन्या पालिकास्तरीय छात्रछात्रा ५ किमि दौडमा पञ्चकन्या–१ की सविना राई र किरण तामाङले जितेका थिए ।
नेपालका कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धरलाई नगदसहित सम्मान गरिएको थियो । उक्त प्रतियोगितालाई एथलेटिक्स परिवार नेपालको प्राविधिक सहयोग रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया