भरत ढुङ्गाना आधारभुत विद्यालयको भवन शिलान्यास

विदुर खबर २०८१ चैत १२ गते १२:३१

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १२ धारापानीमा रहेको शहिद भरत ढुङ्गाना स्मृति आधारभुत विद्यालयको भवनको शिलान्यास गरिएको छ ।

Advertisement

बुधवार विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ र उपप्रमुख प्रभा बोगटी लगायतले विद्यालयको भवनको शिलान्यास गरेका हुन् ।
भवनको शिलान्यास गर्दे नगरपालिकाका प्रमुख श्रेष्ठले समुन्नतिको पहिलो आधार शिक्षा भएको बताए । नगर प्रमुख श्रेष्ठले शिक्षा क्षेत्रमा महत्वपूर्ण कार्यहरु गर्दै आएको बताउँदै शिक्षा क्षेत्रमा नगरपालिकाले बजेटको कमी हुन नदिने बताए । उनले गुणस्तरीय शिक्षा प्रवाह सबैको साझा उद्देश्य हुनुपर्ने समेत बताए ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले विद्यालय भवनको निर्माण कार्य गुणस्तरीय एवं फलदायी बनाउनका लागि विद्यालय प्रशासन, नगरवासी र सरोकार लगायतका सबै पक्षले निर्माण कार्यबारे चासो लिनुपर्र्नेे बताइन् । उनले नगरक्षेत्रको विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न नगरपालिका सदैव तयार रहेको समेत उल्लेख गरिन् ।

Advertisement

संघिय सरकारको एक करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको ८ कोठे पक्की भवनको निर्माण आगामी असार मसान्तसम्म सक्ने तयारी गरिएको छ ।

भवनको ठेक्का निर्माण व्यवसायी सम्पुर्ण अधिकारीले पाएका छिन् । उनले निर्धारित समयमै विद्यालयको भवन निर्माण गर्ने प्रतिवद्दता व्यक्त गरेका छन् ।

Advertisement

अहिले विद्यालयको संरचना मात्र तयार हुने र पुर्ण रुपमा विद्यालय निर्माण हुन थप ७० लाख रुपैयाँ आवश्यक पर्ने विद्यालयका प्रध्यानाअध्यापक विष्णुप्रसाद ढुङ्गानाले जानकारी दिए ।

त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद भट्टले विद्यालयको भवन निर्माणको रेखदेख गर्न सबै सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।

विद्यालयको भवन शिलान्यास कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लेनिन रन्जित, वडा नम्बर १२ का वडाध्यक्ष उपिन्द्र खड्का,पुर्व वडाध्यक्ष सिताराम अर्याल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया