मैनबत्ति बालेर रविले गरे कुलमान हटाउने निर्णयको सांकेतिक विरोध
विदुर खबर
२०८१ चैत ११ गते ७:५७

नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको सांकेतिक विरोध गरेका छन् ।

लामिछानेले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गरेका छन् । जहाँ उनले बलिरहेको बत्ति निभाएर मैन बत्ति बालेका छन् ।
लामिछानेले कुनै प्रतिक्रिया भनेका दिएका छैनन् ।
मौन देखिएका उनले सांकेतिक रुपमा केहीबेर मैनबत्ति बालेर बसेका हुन् । उनले उक्त पोस्टको क्याप्सनमा लेखेका छन्, ‘कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छ्न् !’
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
Advertisement
उक्त निर्णयको सत्तारुढ दलबाटै पनि विरोध सुरु भएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया