तारकेश्वरको नेवारपानीमा बृहत स्वास्थ्य शिविर सम्पन्न

विदुर खबर २०८१ चैत १० गते ११:५९

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ४ मा रहेको नेवारपानीमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

Advertisement

लक्ष्मी फाउन्डेसनको आयोजना तथा तारकेश्वर ४ नम्बर वडा कार्यालयको समन्वयमा स्वास्थ्य शिविर सम्पन्न भएको तारकेश्वर गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य रामकाजी थापाले जानकारी दिए ।

स्वास्थ्य शिविरमा झण्डै २ सय ६० जनाको स्वास्थ्य परिक्षण गरिनुको साथै उनीहरुलाई निशुल्क औषधी वितरण समेत गरिएको लक्ष्मी फाउन्डेसनका अध्यक्ष समान्थम वगेनर जानकारी दिइन् ।

Advertisement

स्वास्थ्य शिविरमा हाडजोर्नी,स्त्रीरोग, सुगर, प्रेसर र नसा रोगसम्बन्धी चेकजाँच गरिएको थियो । स्वास्थ्य शिविरमा चेकजाँचको लागि आएका अधिकांशमा हाडजोर्नी सम्बन्धि समस्या देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

लक्ष्मी फाउन्डेसनका अध्यक्ष वगेनर विगत लामो समयदेखि आफुहरुको संस्था विभिन्न सामाजिक काममा सक्रिय रहेको भन्दै आगामी दिनमा पनि नेवारपानीका स्थानियको माग र चाहना वमोजिमको सामाजिक काम गरिरहने प्रतिबद्धता व्यत्त गरे ।

Advertisement

स्वास्थ्य शिविरमा ७ जना डाक्टर र नर्स तथा ५ जना फार्मेसीष्टले सहजीकरण गरेका थिए ।

कार्यक्रममा तारकेश्वर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर पौडेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया