राजा, राजदण्ड र प्रजादण्ड: शास्त्रीय दृष्टिकोण र नेपालमा यसको सान्दर्भिकता

विदुर खबर २०८१ चैत १० गते ११:०९
रविन्द्र रिजाल

नुवाकोट। राजनीति सत्ताको खेल मात्र होइन, यो व्यवस्था टिकाउने वा ढाल्ने आधारभूत शक्ति हो।

Advertisement

इतिहास हेर्दा राजदण्ड (राजाको शासन) र प्रजादण्ड (जनताको आक्रोश) सधैं परस्पर विरोधी देखिन्छन्, तर जब राजदण्ड कमजोर हुन्छ, प्रजादण्ड प्रकट हुन्छ। अहिले नेपालमा यही संकट देखा पर्दैछ—राजनीतिक अराजकता, अस्थिरता, र भ्रष्टाचारले देशलाई प्रजादण्डतर्फ धकेल्दैछ ।
१. शास्त्रीय मान्यता अनुसार राजदण्ड र प्रजादण्ड
(क) राजदण्डः शास्त्रीय परिभाषा र यसको महत्व
मनु स्मृतिमा भनिएको छः “राज्यं न राजा कुरुते, राज्यं धर्मो दण्डधारी च।“ (राज्यलाई मात्र राजाले चलाउँदैन, दण्ड (शासन) ले नै धर्मको रक्षा गर्छ ।) राजदण्ड भनेको सुशासन, अनुशासन, र न्यायको प्रतीक हो । जसले राज्यलाई दिगो रूपमा चलाउने शक्ति प्रदान गर्छ । यदि राजा शक्तिशाली छ भने, राज्यमा समृद्धि, स्थायित्व, र सुरक्षा हुन्छ ।

कौटिल्य (चाणक्य) ले अर्थशास्त्र मा भनेका छन् । “राज्यस्य मूलं दण्डः।“ (राज्यको वास्तविक जरो नै दण्ड हो ।) यसको अर्थ, राज्यलाई चलाउन न्यायसंगत र कठोर शासनको आवश्यकता पर्छ । यदि राजदण्ड निष्क्रिय भयो भने, राज्य स्वतः कमजोर हुन्छ ।
(ख) प्रजादण्डः जनता जब दण्डस्वरूप उठ्छन्प्र, जादण्ड भनेको जनताको क्रान्ति हो। महाभारतमा भनिएको छः “राजानं हीनं धर्मेण प्रजा हन्ति न संशयः।“ (राजा जब धर्मरहित हुन्छ, तब जनता नै उसलाई नष्ट गर्छन्।) यसको स्पष्ट उदाहरण इतिहासमा पाइन्छः फ्रान्समा लुइस १६ को पतन (फ्रेन्च क्रान्ति) रूसमा जार निकोलस २ को पतन (रुसी क्रान्ति) नेपालमा २०६२÷६३ को आन्दोलनले राजतन्त्र फाल्नु यी सबै प्रजादण्डका उदाहरण हुन्। जब राजदण्ड कमजोर हुन्छ, प्रजादण्ड अपरिहार्य हुन्छ।

Advertisement

२. नेपालको वर्तमान अवस्थाः राजदण्डको अभाव र प्रजादण्डको सम्भावना
नेपाल अहिले राजदण्डविहीन अवस्थाबाट गुज्रिरहेको छ। लोकतन्त्र नाम मात्रको छ, तर शासन दण्डहिन छ।
राजनीतिक दलहरू स्वार्थमा डुबेका छन्, जनता हेरेका हेर्यै छन्।
न्याय व्यवस्था कमजोर छ, भ्रष्टाचार मौलाएको छ।
(क) यदि राजदण्ड फर्केन भने के हुन्छ?
१. अराजकता बढ्दै जान्छ।
२. राजनीतिक दलहरूको पतन निश्चित छ।
३. नेपालमा अर्को ठुलो क्रान्ति (प्रजादण्ड) सम्भव छ।
(ख) किन राजा र राजदण्ड आवश्यक छ?
१. नेपालमा स्थायित्व फर्काउन।
२. अनुशासन र न्याय पुनः स्थापित गर्न।
३. राजनीतिक दलीय स्वार्थलाई निरुत्साहित गर्न।

राजा, राजदण्ड, कि प्रजादण्ड?
यदि राजा फर्कन्छ तर राजदण्ड कमजोर रहन्छ भने, त्यही कमजोर राजसंस्था पुनः पतन हुन्छ। तर यदि राजदण्ड बलियो बनाइयो भने, राज्य बलियो बन्छ, जनता सुखी हुन्छन्। यदि राजदण्ड स्थापित भएन भने, प्रजादण्ड उठ्छ। प्रजादण्ड भनेको कुनै व्यक्ति वा दलको विरोध मात्र होइन, यो सम्पूर्ण सत्ता संरचनाको विनाश हो। नेपालको राजनीतिक दलहरूले यो बुझ्न सक्नुपर्छ—जनता सधैं सहनेवाला छैनन्।

Advertisement

अन्ततः, नेपाललाई बलियो नेतृत्व चाहिएको छ, जुन प्रजा होइन, राजा र राजदण्डले मात्र दिन सक्छ। नत्र, दलीय सत्ता नै इतिहासको पानामा सीमित हुनेछ ।

लेखक रविन्द्र रिजाल हुन् ।

प्रतिक्रिया